९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध

मौलिक तथा परम्परागत खेल महोत्सव सम्पन्न

मौलिक तथा परम्परागत खेल महोत्सव सम्पन्न
अ अ+ अ-

काठमाडौँ । कुल ६ वटा खेलविधा सम्मिलित प्रथम मौलिक तथा परम्परागत खेलकुद प्रतियोगिताअन्तर्गत घैटोफोरमा शिशिर राना र डन्डिबियोमा अछाम पहिलो भएका छन् ।

नेपाल अल स्पोटर््स हबले नेपाली मौलिक तथा परम्परागत खेलको संरक्षण, प्रवद्र्धन र नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले ६ वटा परम्परागत खेलको प्रतियोगिता आयोजना गरेको हो । घैटोफोर र डन्डिबियोसँगै बाघचाल, सटपुट, टग अफ वार (डोरितान) र बुद्धिचालजस्ता खेल काठमाडौंस्थित सिफलमा आयोजना भएका थिए । दुई दिने प्रतियोगितामा आईतवार नै बाघचाल, टग अफ वार (डोरितान) र बुद्धिचाल पनि सम्पन्न भए । डन्डिबियोमा टिम दोलखा दोस्रो र थापाथली एकेडेमी तेस्रो स्थानमा रहे । विजयी अछाम टिममा नरेश बोहरा, खेम कठायत र कृष्ण बोहरा समावेश थिए । दोलखाको टिममा इन्द्र कुमार बस्नेत, कुमार विक र सुमन मोक्तान समावेश थिए ।

थापाथली टोलीमा आरभ श्रेष्ठ, निसान धिमाल र गौरव श्रेष्ठ थिए । डन्डिबियोमा १६ टोली समावेश थिए । सट पुटमा सुरेश डंगोल पहिलो, शुभम् चाम्लिङ दोस्रो तथा तारा बहादुर रानाभाट तेस्रो भए । घैटोफोरमा अनुभव चे खाइजु दोस्रो र ताराबहादुर रानाभाट तेस्रो स्थानमा रहे ।

बाघचालको उपाधि कृष्णप्रसाद सिग्देल जितेका छन् । सो स्पर्धामा विपिन अमात्य दोस्रो र इन्द्र बस्नेत तेस्रो स्थानमा रहे । टग अफ वारमा टिम जेनजी पहिलो भयो । यो टोलीमा सन्देश बस्नेत, राजु बस्नेत, रबिन खड्का, सन्तोष धामी, रिवाज नेपाल, सौजन्य कोइराला, राहुल थारु, र जयस खनाल समावेश थिए ।

यो खेलमा टिम सगरमाथा दोस्रो र माउन्ट एभरेस्ट तेस्रो भए । विजेतालाई नेपाल उसु महासंघका महासचिव नवराज ढुंगाना र आयोजक नेपाल अल स्पोट्र्स हबका अध्यक्ष दिपेन राईलगायतले पुरस्कृत गरेका थिए । मौलिक र बौद्धिक खेलका रूपमा परिचित बाघचाल नेपाली समाजमा शताब्दीऔं देखि खेलिँदै आएको रणनीतिक खेल बाघचालमा २६ खेलाडीले प्रतिस्पर्धा गरे । ग्रामीण बस्तीदेखि मठमन्दिर, चौतारा र सार्वजनिक स्थलसम्म लोकप्रिय रहेको बाघचाल पछिल्ला वर्षहरूमा आधुनिक खेल र प्रविधिको प्रभावसँगै ओझेलमा पर्दै गएको छ ।

यही मौलिक खेलको ऐतिहासिक महत्वलाई पुनर्जीवित गर्दै यसको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले पहिलोपल्ट राष्ट्रिय स्तरमा प्रतियोगिता भएको छ । यसै प्रतियोगितामार्पmत नयाँ पुस्तालाई आफ्नै सांस्कृतिक सम्पदासँग जोड्नुका साथै नेपाली मौलिक खेलप्रति आकर्षण बढाउने अपेक्षा गरिएको छ ।

नेपालमा लोकप्रिय रहेको बुद्धिचालमा पाँचथरका प्रतिभाशाली खेलाडी रिसन थापा पहिलो भए । दोलखाका आशिष फुयाँल दोस्रो, सुमन मोक्तान तेस्रो र पुरुषोत्तम सिलवाल चौथो भए । राजेन्द्रप्रसाद श्रेष्ठ पाँचौं स्थानमा रहे । शैलेन्द्र न्यौपाने, मुहान नरसिंह श्रेष्ठ, सन्देश श्रेष्ठ, गणेश अवाले र सुरोज महर्जन शीर्ष १० स्थानमा अटाए ।–न्युज एजेन्सी नेपाल