५ श्रावण २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अघिल्लो सरकारको पालामा मुलुकलाई ग्रे लिष्टमा पारियो, हामी निकाल्ने क्रममा छौँः अर्थमन्त्री वाग्ले



अ+ अ-

काठमाडाैँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई जोखिमपूर्ण मुलुकको सूचि (ग्रे लिष्ट)बाट हटाउनका लागि सरकारले दक्षताका साथ काम गरिरहेको बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकमा सम्पती शुद्धिकरण (मनि लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथिको सामान्य छलफलमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले उक्त कुरा बताउनुभएको हो । अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट पारित हुने वित्तिकै आफ्नो मुख्य काम नै यसको कार्यान्वयन रहेको पनि बताउनु भयो ।

उहाँले मुलुक ग्रे लिष्टमा अघिल्लो सरकारको पालामा परेको र वर्तमान सरकारले यसबाट निकाल्नका लागि इमान्दार र दक्षतापूर्वक काम गरिरहेको दाबी समेत गर्नुभयो ।

अर्थमन्त्री वाग्लेले सरकारले अर्थतन्त्रको सबै सूचकलाई हेरेर ग्रे लिष्टबाट निकाल्ने गरी कामको थालनी गरिसकेको पनि बताउनु भयो । –न्युज एजेन्सी नेपाल