१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

अहिलेको सरकारको प्रमुख प्राथमिकता नै विकास निर्माण होः कानूनमन्त्री गौतम

अहिलेको सरकारको प्रमुख प्राथमिकता नै विकास निर्माण होः कानूनमन्त्री गौतम
अ अ+ अ-

काठमाडाैँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले वर्तमान सरकारको प्रमुख प्राथमिकता नै विकास निर्माण रहेको बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभामा सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उहाँले विकास निर्माणलाई गति दिनको लागि नै विधेयक आवश्यक परेको बताउनुभएको हो । विकास आयोजनामा देखिएको ढिलासुस्ती, लागत वृद्धि र गुणस्तरहीन निर्माण नै हालको प्रमुख समस्या रहेको बताउनु भयो ।

धेरै आयोजनहरु वर्षौंसम्म अलपत्र पर्ने गरेका कारण नागरिकमा व्यापक असन्तुष्टि बढेको उहाँको भनाई छ । सरकारले सार्वजनिक खरिद ऐन संशोधन गरेर विकास निर्माणलाई तीव्र गतिमा अघि बढाउने उदेश्य राखेको उहाँले बताउनु भयो । संशोधन विधेयकले सार्वजनिक खरिदसँग सम्बन्धित सबै पक्षलाई जिम्मेवार बनाएको उहाँको भनाई छ । ढिलासुस्ती गर्ने, सरकारी पेश्की दुरुपयोग गर्ने तथा जनताको करको दुरुपयोग गर्ने व्यक्तिमाथि विभागीय कारबाहीदेखि प्रचलित कानूनअनुसार फौजदारी मुद्दासमेत चलाउन सकिने व्यवस्था विधेयकमा गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँकाअनुसार विधेयकमा विकास आयोजना सुरु गर्नुअघि आवश्यक पूर्वतयारी अनिवार्य गरिएको छ भने वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) स्वीकृति, जग्गा प्राप्ति, साइट क्लियरेन्स, मुआब्जा तथा क्षतिपूर्ति वितरण, बजेट सुनिश्चितता र निर्माणस्थलको व्यवस्थापन पूरा भएपछि मात्रै आयोजना शुरु गर्न पाइने व्यवस्था समावेश छ । यसले बिजुलीका पोल हटाउन नसक्ने, जग्गा विवादलगायत कारणले आयोजना रोकिने समस्या हट्ने उहाँले बताउनु भयो ।

निर्माण क्षेत्रमा लामो समयदेखि विवादको विषय बनेको ‘लो बिडिङ’ प्रणालीलाई पनि संशोधनमार्फत सुधार गरिएको उहाँले जानकारी दिनुभयो । अब न्युनतम मूल्य प्रश्ताव गर्ने आधारमा मात्र ठेक्का नदिई प्राविधिक र आर्थिक दुवै प्रश्तावको औसत मूल्यांकनका आधारमा सबैभन्दा बढी अंक प्राप्त गर्ने कम्पनीले ठेक्का पाउने व्यवस्था गरिएको उहाँको भनाई छ । यसले निर्माणको गुणस्तर सुनिश्चित गर्नुका साथै सक्षम र दक्ष निर्माण व्यवसायीलाई प्रोत्साहन गर्ने उहाँले बताउनु भयो ।

संशोधन विधेयकले तीनै तहका सरकार तथा सार्वजनिक निकायलाई पनि उत्तरदायी बनाएको उल्लेख गर्दै मन्त्री गौतमले आयोजनामा आवश्यक निर्माण सामग्री उपलब्ध नगराउने, समन्वय नगर्ने वा अवरोध सिर्जना गर्ने निकायमाथि आवश्यक परे अनुदान रोक्ने तथा विभागीय कारबाही सिफारिस गर्न सकिने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

निर्माण व्यवसायीले लिएको मोबिलाइजेसन पेश्की आयोजना बाहिर दुरुपयोग गरेमा ठगी, किर्ते वा अन्य फौजदारी कसुरअन्तर्गत कारबाही गर्न सकिने व्यवस्था गरिएको उहाँको भनाई छ ।उहाँले पूर्वाधार विकासलाई गति दिन सरकारले पूर्वाधार अदालत स्थापना गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

निर्माणसम्बन्धी विवाद वर्षौंसम्म अदालतमा रहँदा आयोजना रोकिने, नयाँ ठेक्का प्रक्रिया अघि बढ्न नसक्ने समस्या समाधान गर्न विशेष अदालत आवश्यक रहेको उहाँको भनाइ थियो । उनले पूर्वाधार अदालतसम्बन्धी कानुनको मस्यौदा तयार भइरहेको र साउनभित्र संसदमा पेश गर्ने तयारी रहेको जानकारी दिनुभयो । मन्त्री गौतमले सार्वजनिक खरिद ऐन संशोधन र पूर्वाधार अदालत स्थापनाले आगामी पाँच वर्षभित्र विकास निर्माणका कामले उल्लेखनीय गति लिने बताउनु भयो ।

उहाँले संसोधनमार्फत गरिएको कानुनी सुधारले पूर्वाधार आयोजना समयमै सम्पन्न भई नेपाली जनताले समृद्धिको अनुभूति गर्नसक्ने दाबी गर्नुभयो ।