४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

समता करले गरिबलाई असर पर्दैन, सार्वजनिक शिक्षा र स्वास्थ्य सुधारमै खर्च हुन्छ : अर्थमन्त्री वाग्ले

समता करले गरिबलाई असर पर्दैन, सार्वजनिक शिक्षा र स्वास्थ्य सुधारमै खर्च हुन्छ : अर्थमन्त्री वाग्ले
अ+ अ-

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षा क्षेत्रमा प्रस्ताव गरिएको समता करले गरिब, निम्न आय भएका तथा सीमान्तकृत समुदायका नागरिकलाई कुनै असर नपर्ने स्पष्ट पार्नुभएको छ।

आइतबार प्रतिनिधिसभामा आर्थिक विधेयक, २०८३ माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उहाँले नेपालका करिब ८० प्रतिशत बालबालिका गैरनिजी विद्यालयमा अध्ययन गर्ने भएकाले उनीहरू समता करको दायरामा नपर्ने बताउनुभयो।

उहाँका अनुसार समता शुल्क केही निजी विद्यालयमा मात्र प्रस्ताव गरिएको हो। त्यस्ता विद्यालयमा मासिक करिब १० हजार रुपैयाँ शुल्क तिर्ने अभिभावकले करिब ३ प्रतिशत अर्थात् ३ सय रुपैयाँ बराबर योगदान गर्ने व्यवस्था गरिएको छ।

अर्थमन्त्री वाग्लेले उक्त रकम सार्वजनिक शिक्षाको गुणस्तर सुधार, भुइँमान्छे, सीमान्तकृत, दलित तथा न्यून आय भएका समुदायका बालबालिकाको शैक्षिक पहुँच र अवसर विस्तारका लागि खर्च गरिने जानकारी दिनुभयो। स–साना योगदान संकलन गरेर सार्वजनिक शिक्षाको स्तर उकास्ने उद्देश्यसहित समतामूलक नीति अघि सारिएको उहाँको भनाइ थियो।

समता करको विरोध भइरहेकोप्रति आश्चर्य व्यक्त गर्दै उहाँले सामाजिक न्याय र समानताको पक्षमा वकालत गर्ने राजनीतिक दल तथा सांसदहरूले यस नीतालाई स्वागत गर्नुपर्ने धारणा राख्नुभयो।

उहाँले मध्यम वर्गमा समता करको असर कम गर्न व्यक्तिगत आयकरमा छुटको व्यवस्था गरिएको पनि बताउनुभयो। स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको समता कर पनि सोही अवधारणाअनुसार रहेको उल्लेख गर्दै त्यसबाट संकलित रकम स्वास्थ्य सेवाको गुणस्तर सुधारमा खर्च गरिने जानकारी दिनुभयो।

अर्थमन्त्री वाग्लेले समता करको उद्देश्य गरिब तथा विपन्न वर्गलाई राहत पुर्‍याउनु रहेको दोहोर्याउँदै कर संकलनबिनाको विकास सम्भव नहुने बताउनुभयो। उहाँले राज्यको राजस्व वृद्धि गरी शिक्षा, स्वास्थ्यलगायत सार्वजनिक सेवामा लगानी बढाउन यस्ता नीतिहरू आवश्यक रहेको उल्लेख गर्नुभयो।