३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा

सवारी दुर्घटना भएमा राज्यलाई पनि ज्यानमार्ने उद्योगमा मुद्दा चलाउने कानूनी व्यवस्था सरकारले गर्नुपर्दछः ज्ञानबहादुर शाही

सवारी दुर्घटना भएमा राज्यलाई पनि ज्यानमार्ने उद्योगमा मुद्दा चलाउने कानूनी व्यवस्था सरकारले गर्नुपर्दछः ज्ञानबहादुर शाही
अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सडकको दुरवस्थाका कारण सवारी दुर्घटना भई मानवीय क्षति भए सम्बन्धित सरकारी निकाय र निर्माण व्यवसायी (ठेकेदार) विरुद्ध ज्यान मार्ने उद्योगको अभियोगमा मुद्दा चलाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता शाहीले सरकारले ट्राफिक नियम उल्लंघन गर्ने नागरिकलाई कडा जरिवाना गर्ने तयारी गरिरहेको चर्चा भइरहेका बेला राज्यका निकाय पनि उत्तिकै जिम्मेवार हुनुपर्ने बताउनुभयो। उहाँले नागरिकलाई मात्र दण्डित गर्ने कानुन ल्याउनु न्यायोचित नहुने धारणा राख्नुभयो।

शाहीले ट्राफिक नियम उल्लंघन गरे नागरिकले एक लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने व्यवस्था हुने हो भने राज्यले पनि आफ्नो दायित्व पूरा नगरेमा त्यसअनुसारको आर्थिक दायित्व वहन गर्नुपर्ने प्रस्ताव गर्नुभयो। उहाँले २४ घण्टाभित्र सडकको खाल्डो मर्मत नभए, ट्राफिक बत्ती बिग्रिएको अवस्थामा छाडिए, सडकबत्ती नबले, ट्राफिक प्रहरीले दुर्व्यवहार गरे वा ट्रायल उत्तीर्ण गरेको एक साताभित्र चालक अनुमतिपत्र उपलब्ध नगराए सम्बन्धित निकायलाई जरिवाना गर्ने कानुनी व्यवस्था हुनुपर्ने बताउनुभयो।

उहाँले सडकको खाल्डो वा सडकको खराब अवस्थाका कारण सवारी दुर्घटना भई मानवीय क्षति भए सम्बन्धित सरकारी निकाय र निर्माण व्यवसायीमाथि ज्यान मार्ने उद्योगको अभियोगमा मुद्दा चलाउने कानुन ल्याउन कानुनमन्त्रीसँग सभामुखमार्फत आग्रह गर्नुभयो।

शाहीले सरकारले जनताको हितअनुकूल काम गर्न नसकेको आरोप लगाउँदै नागरिकलाई मात्र दण्डित गर्ने होइन, राज्य पनि आफ्ना कमजोरीप्रति समान रूपमा जवाफदेही हुनुपर्नेमा जोड दिनुभयो।