२ भाद्र २०८३, मंगलवार
,
Latest
विदेशस्थित नेपाली नियोगका भवन निर्माण प्रक्रिया अघि बढाउँदै सरकार नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन सरकार सक्रिय छः पर्यटनमन्त्री पौडेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज लघुवित्तपीडितको धर्नास्थल पुल्चोक जाने प्रधानमन्त्री बालेन शाहद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त ३५० को सामान किन्दा १० लाख जित्ने तुल पुडासैनी, १ लाख क-कसले जिते ? विद्युत निर्यात र आन्तरिक वितरण प्रणालीबारे संसदमा मन्त्री श्रेष्ठको प्रष्टीकरणः पूर्वाधार सुधारलाई प्राथमिकता दिने प्रतिवद्धता नेपाली कम्युनिस्ट पार्टी बागमती प्रदेशको एकता बैठक तथा प्रशिक्षण शुरु अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आयल निगमकाे आग्रह औद्योगिक सुरक्षा बल स्थापना गर्ने लक्ष्यसहित सरकारद्वारा ‘निजी लगानी संरक्षण तथा प्रवर्द्धन रणनीति’ कार्यान्वयनमा सत्तारुढ सांसद धितालले भनिन्–‘सरकारलाई ‘नागरिकको सरकार’ भएको अनुभूति गराउ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकपको अन्तिम ३२ टोलीको टुंगो, नकआउट चरणका सबै प्रतिस्पर्धा तय



अ+ अ-

काठमाडौं ।  फिफा विश्वकपको समूह चरण सम्पन्न भएसँगै नकआउट चरण (राउन्ड अफ ३२) मा पुग्ने सबै टोलीको टुंगो लागेको छ।

समूह ‘जे’ अन्तर्गतका अन्तिम दुई खेल सम्पन्न भएसँगै समूह चरणका सबै खेल सकिएका हुन्। अब उपाधि यात्रालाई निरन्तरता दिने ३२ टोलीबीच नकआउट चरणमा प्रतिस्पर्धा हुनेछ।

यस संस्करणमा पहिलोपटक ४८ टोली सहभागी भएका छन्। प्रतियोगिताको समूह चरणमै दुई पटकको विश्वविजेता उरुग्वे बाहिरिनु सबैभन्दा ठूलो अप्रत्याशित नतिजामध्ये एक रह्यो। यता, पहिलोपटक विश्वकप खेलेको केप भर्डले उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम ३२ मा स्थान सुरक्षित गर्न सफल भएको छ।

राउन्ड अफ ३२ अन्तर्गत दक्षिण अफ्रिकाले क्यानडाको सामना गर्नेछ भने ब्राजिलको भेट जापानसँग हुनेछ। जर्मनीले पाराग्वेसँग खेल्दा नेदरल्यान्ड्सले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ।

त्यस्तै, आइभरी कोस्ट र नर्वे, फ्रान्स र स्विडेन, मेक्सिको र इक्वेडर तथा इंग्ल्यान्ड र डीआर कंगोबीच पनि प्रतिस्पर्धा हुनेछ।

अन्य खेलमा बेल्जियमले सेनेगल, अमेरिकाले बोस्निया एन्ड हर्जगोभिना, स्पेनले अष्ट्रिया, पोर्चुगलले क्रोएसिया, स्विट्जरल्यान्डले अल्जेरिया, अष्ट्रेलियाले इजिप्ट, अर्जेन्टिनाले केप भर्ड तथा कोलम्बियाले घानाको सामना गर्ने तालिका तय भएको छ।




भर्खरै