२६ असार २०८३, शुक्रबार
,
Latest
अस्पतालबाट निस्कने फोहरले बढाउँदैछ सङ्क्रमणको जोखिम अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारबाहीको चेतावनी सुनचाँदीको मूल्य बढ्यो बागलुङमा बालबालिकालाई लगाइयो दादुराविरुद्धको खोप विद्युत सेवा सुधारमा ऊर्जा मन्त्री श्रेष्ठको जोड, वितरण प्रणाली चुस्त बनाउन निर्देशन ५५ प्रतिशत जलेका गणेश नेपालीको अवस्था गम्भीर, जुनसुकै बेला बिग्रन सक्ने विश्वकपलाई नेट जिरो अवधारणामा सञ्चालन गर्न सकिन्छ ? ऊर्जा क्षेत्रका उद्यमीसँग आज प्रधानमन्त्री शाहको छलफल हुँदै केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान फुटबलमार्फत युवाको ‘नेट जिरो’ सन्देश, जलवायु कार्यमा विश्व नेतालाई जिम्मेवार बन्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

देवी प्याकुरेलको ‘डोको’



अ+ अ-

डोको मनभित्रका सुख दुःख अटाउने
जीवनका उकाली ओरालीहरु कटाउने
भित्र जे छ उस्तै देखिने
आँखै आँखाहरुले संसार देखिने दिँदैन रहन भोको
त्यो हो मायाको पोको
मेरी आमाको बाटुले डोको ।

टाढैबाटआमा
आउदाँ आउँदै
म देख्थें
मेरी आमाको डोकोमा
एक भारी खुसीहरु
दुई मुठा आँशुहरु
एक निम्ठो सपना ।

डोको नयाँ हुन्थ्यो ।
तर चप्पल फाटेका
बरियो बलियो हुन्थ्यो
तर चोलो उध्रेको
घाँस ताजै हुन्थे
तर खाना बासी

मेरी आमाले
कहाँ घाँस मात्र ल्याउनु हुन्थ्यो र ?
चमेराले आधा छाडेकाअम्बाहरु
भर्खरै पलाएका निगुराहरु
कलिला बाँसका तामाहरु
केराका बुंङ्गाहरु
तितरीका पातहरु
आमा सँगै डोकोमा
पोल्टामा भरिएर आउँथे ।

आमाले डोको बोक्न सिकाउँदा
म आफैँले डोको बोकेर
भारी नबिसाई
घर पुगेको दिन
मैले मेरो डोको
मेरो सिरानीमा राखेको थिएँ ।

आज आमाले डोको छोडे पनि
डोकोले आमा छोडेको छैन
डोकाका धेरै आँखाहरु छन् र भन्छन् ।

म अब ओथारो पोथीलाई
स्यालहरुबाट जोगाउन सक्ने छैन ।
म अर्को पोथी खोजेर हिँड्ने परेवालाई
कुरेर बस्ने छैन ।
म थोत्रे दुना र टपरी अब बोक्न सक्ने छैन । म त्यो भान्साको चर्को राप सहन सक्ने छैन ।
मलाई मेरै बरियोसँग राखिदेउ
मलाई शिरैमा राखिदेउ
बरु म कोक्रो बन्छु
म बुढो भए पनि ।
एउटा जीवन त
फक्रिन्छ त्यहाँ ।


सुनसरी

हालः भैंसेपाटी,ललितपुर