• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   एसइईमा सामुदायिकतर्फ भिमाद जलौदीको बाल शैक्षणिक मावि जिल्लामै प्रथम ★   विदेशमा रहेका नेपालीहरूको हितरक्षाका लागि विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ: प्रधानमन्त्री ★   नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ★   रोहितले द्रविडलाई भनेका थिए – कोचिङ जारी राख्नुहोस् ★   संसदमा साङ्केतिक भाषाको दोभासे राख्न माग ★   आसामको बाढीमा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो ★   प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल ★   विपद् प्रतिकार्यका लागि रेडक्रसले ७७ वटै जिल्लामा खटायो तालिमप्राप्त स्वयंसेवक ★   सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी ★   मनाङको बाटो सधैँ जोखिमपूर्ण

महिनावारीमा समस्या भएकी युवती अस्पताल पुगेपछि…



काठमाडौं । १९ वर्षीया किशोरी मोली रोज टेलरमा दुईवटा योनी भेटिएको छ । बेलायत गिलिङघाम केन्टस्थित सो युवतीलाई महिनावारी समस्या थियो ।

महिनावारीमा समस्या भएपछि उनी अस्पताल गएकी थिइन् । डाक्टरले उपचारको क्रममा मोलीको दुईवटा योनी भएको पत्ता लगाएको हो ।

९ वर्षको हुँदादेखि उनले महिनावारी निकै पीडादायी भएको बताउँदै आएकी थिइन् । चिकित्सकले भने यस घटनालाई अनौठो भनेका छन् । उनीहरुका अनुसार मोली युटेरस डिडेल्फीबाट पीडित छन् ।

डाक्टरहरू उनमा वास्तवमै दुईवटा योनी, गर्भ र गर्भाशयहरू छन् भनी पत्ता लगाउँदा छक्क परेका थिए ।