१ पुष २०८२, मंगलवार
,
Latest
नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने रेडपाण्डा म्याराथनः पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट जेनजी सुशासन योद्धा: भट्ट परिवारको सहारा, कान्छो ढल्यो… भृकुटीमण्डपमा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन (तस्बिरहरु) वैदेशिक रोजगारमा हुने ठगी रोक्न श्रम मन्त्रालयले ‘हेल्प टु हेल्प १० सेल’ सञ्चालनमा ल्याउने सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा बिलबिजक नभएको सामानसहित पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अचानक छात्राले कक्षाकोठामै विचित्र हर्कत गर्न थालेपछि…



अ+ अ-

काठमाडौं । ११ कक्षाकी एक छात्राले कक्षाकोठामा बसिरहेका बेला अचानक विचित्र हर्कत गर्न थालिन् । उनको हर्कतमा शिक्षकको आँखा पर्यो । जब शिक्षके उनको नजिकै गएर हेरे त्यसपछि शिक्षककै होस उड्यो । ती छात्राले कक्षामै यस्तो हर्कत गर्दै थिइन् जुन शिक्षकले हेर्न समेत सकेनन् । घटना भारतको जालंधरको एक स्कुलको भएको बताइएको छ ।

दायाँबायाँ बसेका विद्यार्थीले पनि बुझ्न सकेनन् कि उनले के गरिरहेकी छिन् । उनले अनौठो आवाज निकालिरहेकी थिइन् । आवाज सुनेपछि कक्षाका सबै विद्यार्थीले चकित परेर उनलाई हेरे । यो सब हुँदा कक्षामा शिक्षक थिएनन् । विद्यार्थीलाई उनको क्रियाकलापमा शंका भएपछि उनीहरुले यसको बारेमा प्रिन्सिपललाई भने ।

यसपछि प्रिन्सिपल स्वयं कक्षामा गए । जब प्रिन्सिपल छात्राको नजिक पुगे र उनलाई जुन हालतमा पाए त्यसले उनको होस उड्यो । छात्राको नजिकै गएपछि उनले देखे कि छात्रासँग रक्कीको एउटा बोतल थियो र उनको मुखबाट रक्सीको तेज दुर्गन्ध आइरहेको थियो । प्रिन्सिपलले छात्राको परिवारलाई बोलाएर यसबारे जानकारी दिए । अब ती छात्रालाई स्कुलबाट निकालिएको छ ।

ती छात्राका पिता पेसाले वेटर भएको बताइएको छ । उनी दिनहुँ कुनै न कुनै पार्टीमा काम गर्न जान्थे । त्यहाँबाट उनले अरु चीजसँगै रक्सी पनि घर लिएर आउँथे । यो रक्सी उनकी छोरीले लुकिछिपी पिउँथिन् । यो कुराको शंका आमाबाबुलाई भइसकेको थियो । तर उनीहरुलाई यो थाहा थिएन कि उनीहरुकी छोरीले रक्सी स्कुल ब्यागमा राखेर स्कुल लान्छिन् । ती छात्रालाई रक्सीको लत लागिसकेको बताइएको छ ।