२ श्रावण २०८३, शनिबार
,
Latest
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण मुद्दा फछर्योटः लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम मन्त्रीहरूको कार्य विभाजन ‘लो बिडिङ’ नियन्त्रण गर्ने व्यवस्था सार्वजनिक खरिद प्रणाली सुधारको सकारात्मक कदमः अध्यक्ष पाण्डे मास्टर्नीको प्रचारात्मक गीत : पेशागत मर्यादामाथि प्रहार दाङमा ७७ प्रतिशत रोपाइँ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ देशभर मनसुनी गतिविधि सक्रिय मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि नेपाली काँग्रेसले तीनै तहका सरकारलाई कार्ययोजना पठाउने नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

केही लोभीपापीका कारण सरकारबाट बाहिरिनु पर्यो: केपी ओली



अ+ अ-

कपिलबस्तु । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही लोभीपापीका कारण सरकार बाट बाहिरिनु परेको बताउनु भएको छ । कपिलवस्तुको बहादुरगंजमा आयोजित कार्यक्रममा ओलीले भन्नुभयो 'केही लोभीपापीका कारण हामी सरकारमा त छैनौं, तर त्यो विधिले होइन जालझेलले हो ।'

उहाँले भन्नुभयो 'यसको फैसला जनताले आउदो निर्बाचनमा गर्नेछन् ।'  कपिलबस्तुका नेता मंगलप्रसाद गुप्ता सहित का कार्यकर्ताहरु लाई पार्टी प्रवेश गराउदै ओलीले भन्नुभयो  'मधेसमा नेकपा एमालेको जनलहर देखेर विरोधीहरुलाई जलन भएको  छ ।'

ओलीले नेपालको राजनीति अब विकास र समृद्धिमा केन्द्रीत हुनुपर्ने भन्दै आफ्नो कार्यकालमा मधेसमा गरेको विकासको अभियानले यो लहर बढ्दै गएको दाबी गर्नुभयो । ओलीले कपिलवस्तुको उर्बर भूमिलाई सिंचाइ गर्नका लागि रोकिएको नौमुरे परियोजनालाई आफ्नो कार्यकालमा अगाडि बढाएको बताउनु भयो । उहाँले भन्नुभयो  ‘यता नेपालतर्फ बाँझो जमिन छ उता भारततर्फ खेती भइरहेको छ, यो कदापी हुँदैन’ ओलीले भने, ‘कपिलवस्तुमा कृषि सिंचाइको लागि अब नौमुरे योजना छिट्टै सुरू हुन्छ ।’

कार्यक्रममा एमाले महासचिब शंकर पोखरेल ,सचिवहरु लेखराज भट्ट, छविलाल विश्वकर्मा तथा एमाले प्रवेश गरेका नेता मंगलप्रसाद गुप्ताले सम्बोधन गर्नुभएको थियो ।