९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति

हुम्लाका सतावटै स्थानीय तहले ल्याए बजेट

हुम्लाका सतावटै स्थानीय तहले ल्याए बजेट
अ अ+ अ-

हुम्ला। हुम्लाका सातवटै स्थानीय तहले बजेट सार्वजनिक गरेका छन् । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै पालिकाले उत्पादन, पर्यटन, शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधारलाई प्राथमिकतामा राख्दै जनमुखी बजेट ल्याएका हुन् ।

सदरमुकाममा रहेको सिमकोटले कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन पहिलो प्राथमिकता राख्दै आगामी आवका लागि रु ६४ करोड ९५ लाख २८ हजारको बजेट ल्याएको छ । गाउँपालिकाका अध्यक्ष विजय भण्डारीका अनुसार घर बिमा, नवयुवाका लागि सीप विकासलगायत कार्यक्रमलाई अघि सारिएको छ ।

दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार विकासलगायत क्षेत्रलाई प्राथमिकतामा राख्दै रु ३८ करोड ९७ लाख ८८ हजार २१८ को बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहका अनुसार कुल बजेटमध्ये रु १९ करोड २० लाख ९६ हजार २१८ चालुतर्फ र रु १९ करोड ७६ लाख ९२ हजार पुँजीगततर्फ विनियोजन गरिएको छ । गाउँसभामा प्रस्तुत बजेटमा विकास निर्माण, प्रभावकारी सेवाप्रवाह तथा स्थानीय जनताको आवश्यकता सम्बोधनलाई प्राथमिकतामा राखिएको छ ।

खार्पुनाथ गाउँपालिकाले रु ४९ करोड ९५ लाख ५७ हजार २८८ बराबरको बजेट तथा कार्यक्रम पारित गरेको छ । गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलका अनुसार रु २१ करोड ९८ लाख पुँजीगततर्फ र रु २७ करोड ९७ लाख ५७ हजार २८८ चालुतर्फ विनियोजन गरिएको छ । स्मार्ट गाउँपालिका, रैथाने बाली प्रवर्द्धन तथा माटोका छानामुक्त घर निर्माणलाई प्राथमिकता दिइएको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी, ताँजाकोट गाउँपालिकाले रु ३५ करोड ५७ लाख १० हजार ९६६ को बजेट ल्याएको छ । गाउँपालिकाका अध्यक्ष लालकेश जैशीका अनुसार शिक्षा, स्वास्थ्य, उत्पादन, घर बिमा तथा ‘अध्यक्षसँग नवयुवा’ कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ ।

जिल्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाले पर्यटन, आयआर्जन, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै रु ३५ करोड ३२ लाख १५ हजार ८८८ को बजेट सार्वजनिक गरेको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले जानकारी दिनुभयो ।

मध्यक्षेत्रमा रहेको सर्केगार्ड गाउँपालिकाले स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै रु ५४ करोड २७ लाख ९४ हजार १२ को बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकायाका अनुसार आएको बजेटलाई विषयगत समितिमा विनियोजन गरी आवश्यक छलफलपश्चात् बजेट पारित गरिने बताउनुभयो ।

चङ्खेली गाउँपालिकाले रु ४२ करोड २९ लाख २० हजार ११० को बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीका अनुसार कुल बजेटमध्ये रु २३ करोड ९० लाख २७ हजार ११० चालुतर्फ र रु १८ करोड ३८ लाख ९३ हजार पुँजीगततर्फ विनियोजन गरिएको छ ।

गाउँपालिकाले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि तथा पशुपालनलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।

सातवटै गाउँपालिकाले उत्पादन वृद्धि, पर्यटन प्रवर्द्धन, शिक्षा, स्वास्थ्य तथा आधारभूत पूर्वाधार विकासलाई केन्द्रमा राखेर आगामी आवको बजेट तथा कार्यक्रम सार्वजनिक गरेका छन् । जिल्लाका सबै गाउँपालिकाले पहिलो पटक एकैदिन गाउँसभाको आयोजना गरी बजेट तथा कार्यक्रम प्रस्तुत गरेका छन् । रासस