९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति

सुदूरपश्चिमको मौलिक पहिचान जोगाउन आवश्यक छः मुख्यमन्त्री शाह

सुदूरपश्चिमको मौलिक पहिचान जोगाउन आवश्यक छः मुख्यमन्त्री शाह
अ अ+ अ-

कैलाली। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमको मौलिक पहिचान जोगाउन प्रदेश सरकार लागिपरेको बताउनुभएको छ ।

धनगढीमा आज आयोजित सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको स्थापना दिवस कार्यक्रममा मुख्यमन्त्री शाहले भाषा, लोकसंस्कृति, कला र ऐतिहासिक सम्पदाको खोज, अनुसन्धान तथा संरक्षणमा प्रदेश सरकार कटिबद्ध भएर लागिरहेको बताउनुभयो । सुदूरपश्चिम प्रदेश भाषा, कला, संस्कृतिमा बेग्लै पहिचान बोकेको क्षेत्र भएकाले यसलाई जोगाउन सबैको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।

मुख्यमन्त्री शाहले सुदूरपश्चिममा मौलिक लोक साहित्यका रुपमा रहेका डेउडा, फाग, चैत, धमारी र भुवा जस्ता विधा भएकाले यसको जर्गेना गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले प्रदेशको भाषा, साहित्य, कला, संस्कृति तथा इतिहासको संरक्षण, संवद्र्धन र अनुसन्धानमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले खेल्दै आएको भूमिकाको प्रशंसा गर्नुभयो ।

आगामी दिनमा भाषा, साहित्य र संस्कृतिको अभिलेखीकरण तथा प्रवद्र्धनका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने मुख्यमन्त्री शाहले प्रतिबद्धता व्यक्त गर्नुभयो । सुदूरपश्चिमको मौलिक संस्कृति, इतिहास र साहित्यलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न प्रतिष्ठानले अझ सशक्त भूमिका खेल्नुपर्ने उहाँको भनाइ थियो । रासस