९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति

मझगाउँ विमानस्थल निर्माणः ७५ प्रतिशत काम सकियो

मझगाउँ विमानस्थल निर्माणः ७५ प्रतिशत काम सकियो
फाइल फोटो
अ अ+ अ-

महेन्द्रनगर। कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थलको स्तरोन्नति कार्य सुस्तगतिमा भइरहेको छ ।

तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी २०७८ सालमा ठेक्का सम्झौता भएको उक्त विमानस्थलको निर्माण हालसम्म ७५ प्रतिशत सकिएको छ ।

पहिलो चरणको निर्माण अवधिको म्याद सकिएपछि एक वर्ष समयावधि बढाएर काम अघि बढाइएको छ ।

मझगाउँ विमानस्थलका कार्यालय प्रमुख मीनराज ओझाले एक हजार ५२५ मिटर रन्वे कालोपत्र गर्नुपर्नेमा एक हजार ४५० मिटर बनिसकेको जानकारी दिनुभयो ।

लामो समय जग्गा अधिग्रहणको विवादले निर्माण प्रभावित हुँदै आएकामा विमानस्थलको रन्वेका लागि गत वर्ष नेपाली सेनाले जग्गा दिएपछि कामले गति पाएको उहाँले बताउनुभयो ।

“अब ७५ मिटर रन्वे निर्माणका लागि नेपाली सेनाको जग्गा अधिग्रहण प्रक्रियामा छ । त्यसका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)को काम चलिरहेको छ”, विमानस्थल प्रमुख ओझाले भन्नुभयो, “सेनाबाट कुनै रोकावट नरहेपछि इआइए सकेर थप रन्वे निर्माण सक्न योजनामा छौँ ।” विमानस्थल स्तरोन्नतिका लागि २०७७ सालमा सङ्घीय सरकार, प्रदेश र स्थानीयमा भीमदत्त र दोधारा–चाँदनी नगरपालिकाबाट समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

विमानस्थल पुनःनिर्माणमा भीमदत्त नगरपालिकाको १५ प्रतिशत, दोधारा-चाँदनीको १० प्रतिशत, सुदूरपश्चिम प्रदेश सरकारको २५ प्रतिशत तथा सङ्घीय सरकारको ५० प्रतिशत लगानी रहेको विमानस्थल प्रमुख ओझाले जानकारी दिनुभयो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको मझगाउँ विमानस्थल विस्तारमा निकुञ्ज सुरक्षार्थ खटिएको सेनाको जग्गा विमानस्थलका लागि अधिग्रहण गरिएको छ ।

विमानस्थलका प्रमुख ओझाले सम्झौतापत्रअनुसार सुदूरपश्चिम प्रदेश सरकारले दिनुपर्ने रु १२ करोडमध्ये रु आठ करोड ७५ लाख रकम मात्रै दिएको बताउनुभयो । भीमदत्त नगरपालिकाले सम्झौता अनुसार रकम उपलब्ध गराएपछि दोधारा-चाँदनीले रु ६६ लाख दिएको छ । “दोधारा-चाँदनीबाट सम्झौताअनुसार रु चार करोड ५० लाख आउनुपर्ने हो”, ओझाले भन्नुभयो, “प्रदेश र स्थानीय तहबाट आउनुपर्ने रकम आए काम गर्न सहज हुन्थ्यो ।”

त्यसैगरी, नेपाल नागरिक उड्डयन प्राधिकरणले मझगाउँ विमानस्थलको टर्मिनल भवनका लागि रु १० करोडको प्रस्ताव पेस गरेको ओझाले जानकारी दिनुभयो । “टर्मिनल भवनको डिजाइन पनि यही असार महिनाभित्र बनिसक्छ”, उहाँले भन्नुभयो, “आगामी वर्षका लागि बजेट व्यवस्थापन भए हामी ठेक्का आह्वान गर्छौं ।”

पछिल्लो समय निर्माण सामग्रीमा भएको मूल्यवृद्धिका कारण पनि निर्माणले गति लिन नसकेको विमानस्थल प्रमुख ओझाको बुझाइ छ । “ससाना काम भइरहेका छन्”, उहाँले भन्नुभयो, “गुरुयोजनाअनुसार विमानस्थलको काम अघि बढाउँदै जान्छौँ ।” उहाँले सम्झौतापत्रअनुसार तिनै तहका सरकारले निर्माण सम्पन्न शीघ्र गराउन बजेट व्यवस्थापनमा ढिलाइ गर्न नहुने बताउनुभयो ।

“यसअघि टर्मिनल भवनका लागि केन्द्रबाट विनियोजन भएको रु पाँच करोड प्रदेश र स्थानीय तहले विनियोजन नगर्दा कार्यान्वयन भएन”, ओझाले भन्नुभयो, “समझदारीपत्रअनुसार अग्रसर हुनुपर्‍यो होइन भने खारेजी प्रक्रियामा गए पनि हुन्छ ।” उ

हाँका अनुसार रु ४५ करोड ६६ लाखमा ठेक्का सम्झौता विमानस्थल अवलोकनका लागि मन्त्रीदेखि नेतासम्म आउने गरेका छन् । विसं २०३० देखि मझगाउँ विमानस्थलमा हवाई सेवा सुरु भएको थियो । सशस्त्र द्वन्द्वका बेला विसं २०५६ मा सुरक्षाका कारण देखाउँदै विमानस्थल बन्द गरिएको थियो । रासस