१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारामा ९३ हजार मेट्रिकटनभन्दा बढी धान उत्पादन



फाइल फोटो
अ+ अ-

बारा। जिल्लामा यस वर्ष ९३ हजार ३३० मेट्रिकटन  चैतेधान उत्पादन भएको छ ।

जिल्लामा १८ हजार ३०० हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट ९३ हजार ३३० मेट्रिकटन उत्पादन भएको हो ।

कृषि ज्ञानकेन्द्रका प्रमुख राजनारायण साहले किसानले विभिन्न जातका चैते धान १८ हजार ३०० हेक्टर क्षेत्रफलमा खेती गरेकामा प्रतिहेक्टर पाँच दशमलव एक मेट्रिकटनका दरले उत्पादन भएको जानकारी दिनुभयो ।

उत्पादित धान कलैया बजारमा प्रतिक्विन्टल रु दुई हजारमा बिक्री हुने गरेको जनाउँदै कृषि अर्थ विज्ञ गणेश महराले सो बिक्रीबापत रु एक अर्ब ८६ करोड ६६ लाख बराबर आम्दानी भएको उल्लेख गर्नुभयो ।

गत वर्ष १८ हजार हेक्टर क्षेत्रफलमा खेती गरिएकामा प्रतिहेक्टर पाँच दशमलव एक मेट्रिकटनका दरले रु दुई अर्ब एक करोड ९६ लाख बराबर आम्दानी भएको थियो । रासस