९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति

‘सरकारको हस्तक्षेपपछि संकटमा नेपाली फुटबल’

‘सरकारको हस्तक्षेपपछि संकटमा नेपाली फुटबल’
अ अ+ अ-

काठमाडौँ। विश्व फुटबलको महाकुम्भ मेला फिफा विश्वकपको आयोजनाले उत्तरी अमेरिकी राष्ट्रमा उत्सव चलिरहँदा नेपालमा भने फुटबल संकटमा परेको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा) ले बिहीवार अखिल नेपाल फुटबल संघ (एन्फा) माथि निलम्बन गरेपछि नेपाली फुटबल अब संकटमा परेको छ ।

फिफा विधानको धारा १४ को उपधारा १(आई) र उपधारा ३ अनुसार तेस्रो पक्ष (सरकार) को हस्तक्षेपसँग सम्बन्धित फिफा विधानको उल्लंघन भएको ठहर गर्दै फिफाले एन्फामाथि निलम्बनको निर्णय गरिएको फिफाले जनाएको छ । गत चैत १३ गते एन्फाले अर्ली इलेक्शन गर्न खोजेपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) र एन्फाबीच बढेको विवाद देशमाथि निलम्बनसम्म पुगेको छ ।

यसबीच राखेपले पटकपटक एन्फाका पदाधिकारीलाई पनि फिफा कंग्रेस, विश्वकपमा सहभागी हुन र फिफाका अन्य कार्यक्रममा पनि सहभागी हुन रोकेपछि बाध्य भएर फिफाले निलम्बन गरेको हो । यसअघि नै फिफाले बिना शर्त नै चैत १३ गतेको निर्वाचन प्रक्रिया अगाडि बढाउन र अन्य कार्यक्रममा एन्फालाई काम गर्न दिन राखेपलाई आग्रह गर्दैै निलम्बन गर्नसक्ने चेतावनी दिएको थियो ।

युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र राखेपका सदस्यसचिव रामचरित्र मेहताले फिफाको उक्त चेतावनीप्रति चासो नदिएपछि एन्फामाथि निलम्वन भएको हो । राखेपका सदस्यसचिव मेहताले निलम्बन हुनु दुःखद् पक्ष रहेको र यसलाई समाधान गर्ने प्रक्रिया अघि बढेको बताएका छन् ।

उनले फिफा कंगे्रसमा एन्फाको सहभागिता र तहगत निर्वाचनबाट अघि बढ्ने गरी राखेपले सहयोग गरेको दाबी गरे । तर एन्फाले देशको कानुन मान्न नखोजेपछि फिफासँग पनि पत्रचार गरेको उनको भनाइ छ । राखेपले दिएको प्रस्तावमा नै एन्फा हिँड्न नखोजीपछि यो दिनको आएको राखेप सदस्यसचिव मेहताले आरोप लगाएका छन् ।

यो दिन आउनुमा एन्फा नै जिम्मेवार रहेको उल्लेख गर्दै उनले नेपाल मात्र त्यो सूचिमा नरहेको १७ वटा राष्ट्रले तेस्रो पक्षको हस्तक्षेपकै कारण निलम्बन सामना गरेको बताए । तर सरकारले यसलाई गम्भीर रूपमा लिएको र यो निलम्बन हटाउन सरकारले फिफासँग कुराकानी गर्ने सदस्यसचिव मेहताको दाबी छ ।

केही समय फिफाको निर्णय कुर्ने र घरेलु कार्यक्रम गर्न तदर्थ समिति बन्न सक्ने उनले संकेत गरे । यदि निलम्बन फुकुवा भएपनि सरकारले विकल्प सोच्ने उनले स्पष्ट पारेका छन् ।

पंकजविक्रम नेम्बाङको वर्तमान एन्फा कार्यसमितिको कार्यकाल गत असार ६ गते नै सकिसकेको छ । तर सरकारले निर्वाचन गर्न नदिएपछि फिफाले यो कार्यसमितिको कार्यकाल बढाइसकेको छ । निलम्बनपछि एन्फाका प्रवक्ता सुरेश साहले फिफाले स्वतन्त्र रूपमा एन्फालाई काम गर्न दिन आग्रह गरे पनि सरकारले चासो नदिएपछि यो अवस्था आएको बताए । उनले यो निलम्बन हुनु दुःखद् पक्ष रहेको र अब एकअर्कालाई आरोप लगाउनुभन्दा पनि यो स्थितिबाट पार लगाउन सरकारसँग सहकार्य गरेर अघि बढ्नुको विकल्प नरहेको धारणा राखे ।

प्रवक्ता साहले निलम्बनअघिदेखि नै राखेपका सदस्यसचिवले एक अन्तर्वातामा नयाँ समिति बनाउँछौं भन्ने दुःखद् पक्ष रहेको बताएका छन् । उनले निलम्बनका कारण नेपाली फुटबलले धेरै क्षति व्यहोर्नुपर्ने उल्लेख गर्दै उनले जतिसक्दो चाढो एन्फा नेतृत्व समाधानतर्पm अघि बढ्ने बताए । चाँडोभन्दा चाँडो यो अफ्ठ्यारो स्थिति हटाउन नलागे नेपाली फुटबलले ठूलो क्षति व्यहोर्नसक्ने भन्दै उनले समस्या समाधानका लागि एन्फाको तर्पmबाट पहल गर्ने उनको भनाइ छ ।

तहगत निर्वाचन नगरेको भन्दै राखेपले गत चैत ११ गते एन्फालाई तीन महिनाको लागि निलम्बन गरेको थियो । फिफाको लगातार चेतावनीपछि राखेपले जेठ १ गते निलम्बन फुकुवा गरे पनि एन्फा पदाधिकारीको अन्तर्राष्ट्रिय सहभागिता र निर्वाचन प्रक्रिया अगाडि बढाउन दिएन ।

विश्वकपको उद्घाटन समारोहमा जाने क्रममा एन्फा अध्यक्ष नेम्वाङ र महासचिव किरण राईलाई सरकारकै निर्देशनमा अध्यागमन विभागले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको थियो । फिफाले बिनासर्त एन्फालाई काम गर्न दिन आग्रह गर्दै आएपनि सरकारले पछि नहटेपछि नेपाली फुटबलले निलम्बन सामना गर्नुपरेको हो । –न्युज एजेन्सी नेपाल