१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन

बाढीपहिरोबाट निर्माणाधीन कसुवाखोला हाइड्रोपावरमा क्षति

बाढीपहिरोबाट निर्माणाधीन कसुवाखोला हाइड्रोपावरमा क्षति
अ अ+ अ-

काठमाडौं । यही असार ८ गते आएको बाढीबाट मकालु गाउँपालिकामा निर्माणाधीन कसुवाखोला हाइड्रोपावरमा ठूलो क्षति पुगेको छ ।

अविरल वर्षासँगै आएको बाढी मकालु–२ मा निर्माणाधीन ४५ मेगावटको कसुवाखोला जलविद्युत् आयोजनाको ड्यामसाइटमा बाढी पसेर ठूलो क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताउनुभयो ।

बाढीले निर्माण कम्पनी माउण्टेन इन्फ्रा कम्पनी लिमिटेडको लोडर, मिक्सचर, कङ्क्रिट पम्प मेसिन, ६० टन रड ५०० बोरा सिमेन्ट बाढीले बगाएको कम्पनीका म्यानेजर दीपक महतोले बताउनुभयो । त्यस्तै इसुवा हाइड्रोपावरलाई पनि बाढीले क्षति पु¥याएको छ । सताङदेखि ड्याम साइट जाने मोटरबाटोको करिब दुई किलोमिटर क्षेत्रमा ठाँउ ठाँउमा पहिरो गएको छ ।

आयोजनाका १०० मिलिमिटर व्यासका दुई वटा पाइप पहिरोले बगाएको छ भने बिछ्याइएका करिब २०० मिटर पाइपमा क्षति पुगेको छ । पहिरोले दुई घर र एक विद्यालय जोखिममा पहिरोले मकालु गाउँपालिका–१ मा दुइ घर जोखिममा परेका छन् । पहिरोले मकालु–१ मयुमका आङटेम्बा शेर्पा र सानु शेर्पा घर जोखिममा परेको प्रहरी निरीक्षक राजवंशीले बताउनुभयो । पहिरोले सिंहेश्वरी आधारभूत विद्यालय पनि जोखिममा परेको छ ।

बाढीले नुर्वुचौर र नुर्वु गाउँ जोड्ने इसुवाखोलाको झोलुङ्गे पुल बगाएको छ भने नुर्वु खोल्सीमा रहेको सार्वजनिक पानीघट्टा तथा चार वटा काठेपुल बगाएको छ । पुल बगाएपछि स्थानीय बासिन्दाको आवतजावतमा समस्या भएको छ । पहिरोका कारण सयौँ रोपनी अलैँचीबारी र खेतीयोग्य जमिनमा पनि क्षति पुगेको छ ।