३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

मैले अरुसँग यौन सम्पर्क गरेको मेरो श्रीमानलाई थाहा हुन्छ कि हुँदैन ?

मैले अरुसँग यौन सम्पर्क गरेको मेरो श्रीमानलाई थाहा हुन्छ कि हुँदैन ?
अ+ अ-

म युवती हु मलाइ २० भयो । मेरो विवाह भएको छैन, तर ब्वाइफ्रेन्ड छ । अहिले उसले मसँग यौनसम्पर्क गर्ने प्रस्ताव राख्दै छ । मेरो विवाह उसैसँग भयो भने त ठीकै छ तर अरूसँग भयो भने के पछि हुने श्रीमानले मैले पहिले नै अरूसँग यौ नसम्पर्क गरेको थाहा पाउँछ ?

केटा साथीसँगको सम्बन्ध
तपाईंले केटा साथीसँगको सम्बन्धको कुरा त गर्नुभएको छ तर उक्त सम्बन्धका बारेमा खासै केही बताउनुभएको छैन । यौनसम्पर्कको प्रस्तावका कारण तपाईंहरूको सम्बन्ध केही गहिरो भएको बुझिन्छ । तपाईंलाई थाहै होला, दुई व्यक्तिबीचको अन्तरङ्ग रोमान्टिक सम्बन्धकै एउटा विकसित रूप प्रेम हो । भनिन्छ, प्रेममा शारीरिक रूपमा यौनसम्पर्क राख्ने ध्येयले प्राथमिकता पाउँदैन । प्रेम वास्तवमा बिस्तारै हुने प्रक्रिया हो । दुई व्यक्ति साथसाथै हुर्कंदा यो विकसित हुन्छ र यसमा सम्पूर्ण व्यक्तित्व नै संलग्न हुन्छ । प्रेममा अर्को व्यक्तिको भावना तथा शरीर दुवैलाई कदर गरिन्छ र उक्त व्यक्तिलाई सुखी राख्न प्रयत्न गरिन्छ । प्रेम विश्वसनीय, निश्छल, सुनिश्चित तथा आत्मविश्वासले पूर्ण अनि दीर्घकालीन हुन्छ । प्रेमी-प्रेमिकाहरू आफ्नो सम्बन्धमा गर्व गर्छन् ।

प्रेममा शारीरिक पक्ष अलि पछि प्राकृतिक रूपमा र निष्कपटताका साथ आउँछ । प्रेममा आफुले प्रेम गरेको व्यक्तिलाई दुस्ख दिने, समस्यामा पार्ने, लक्ष्यबाट विमुख तुल्याउने र भविष्यमा नकारात्मक असर पार्ने किसिमको क्रियाकलाप गरिँदैन । तपाईंको केटा साथी तपाईंलाई प्रेम गर्ने प्रेमी नै हो कि होइन भन्ने कुरा तपाईंले मात्र निक्र्याल गर्न सक्नुहुन्छ । वास्तविक प्रेम नभै भौतिक आकर्षणको मात्र कुरा हो भने त्यसलाई प्रेम भन्न मिलेन । कतिपय व्यक्तिले यौनसम्पर्कका लागि प्रेमको झूटो नाटक वा अभिनय गर्छन् र यौ नसम्पर्क गर्ने आफ्नो उद्देश्य पूरा भएपछि सम्बन्धलाई निरन्तरता दिँदैनन् ।

यौ नसम्पर्कको कुरा
यौन आकर्षण हामी सबैमा हुने स्वभाविक कुरा हो । यौनेच्छा एकदमै तीव्र हुने भए पनि प्रायस्जसो नव–युवायुवती यौनसम्पर्क अनि त्यसका असरहरूको सामना गर्न आवश्यक रूपमा तयार हुँदैनन् । अर्को व्यक्तिसँग सम्बन्ध विकास गर्न कति गहिराइसम्म पुगिन्छ भन्ने अनुमान उनीहरू सहजै गर्न पनि सक्दैनन् भने अर्कातिर कतिमा पुगेपछि रोक्नु उचित हुन्छ भन्ने कुरा पनि विवेकपूर्ण रूपमा ठम्याउन सक्दैनन् । ज्ञान भए पनि त्यसलाई व्यवहारमा उतार्ने आवश्यक सीप नहुन सक्छ । ग्रामीण होस् वा सहरी समाजमा युवायुवतीहरूले एक-अर्कामा सम्बन्ध विकास गर्ने विभिन्न अवसर प्राप्त हुने वातावरण हुन्छ । यस्तो बेला कसरी सही निर्णय लिने भन्ने सीप हुनु नै मुख्य कुरा हो । यदि यौ नसम्पर्कका लागि सबै कुरा ठीक छैन भने यौ नसम्पर्क नै नगर्ने निर्णय लिन सक्नुपर्छ । योजनाबद्ध नहुने भएकाले भैपरी हुने यौनसम्पर्कमा जहिले पनि अनिच्छित गर्भ रहने जस्तो दुर्घटनाको जोखिम हुन सक्छ । दबाबमा यौ नसम्पर्क गर्नु बुद्धिमानी होइन भन्ने कुरा पनि बुझ्नुपर्छ ।

के पछि हुने श्रीमान्ले पहिले यौ नसम्पर्क राखेको थाहा पाउलान् ?

पहिलेको प्रेम तथा यौनसम्बन्धका बारेमा चर्चा गरिएन भने तपाईं यस्तो अवस्थाबाट गुज्रनुभएको होला भनेर थाहा पाउन सजिलो छैन । महिला यौनअङ्गको बनावटका सम्बन्धमा पुरुषलाई सामान्य जानकारी हुने भए पनि तपाईंको भगक्षेत्र तथा योनिको बनावट वा स्वरूप यस्तै थियो भन्ने थाहा हुँदैन भने यौनसम्पर्क राखेको थाहा पाउन त झन् गाह्रो कुरा हो । आफ्नो यौनसाथी ‘अक्षत योनि’ वा ‘कुमारी’ हुन् कि होइनन् भन्ने चासो धेरै पुरुषलाई हुन सक्छ तर यो कुरा पत्ता लगाउन भने सजिलो छैन । अहिले यो निच्छद भएरनभएको कुरालाई नै कुमारीत्वको मुख्य आधार बनाउन पनि मिल्दैन । तपाईंले विचार गर्नुपर्ने अर्को पक्ष पनि छ । त्यो के भने घरपरिवार, छर–छिमेक अनि समाजले यस्ता सम्भावित सम्बन्धलाई जहिले पनि निकै चासोका साथ नियालिरहेको हुन्छ र गोप्यता वा गोपनीयताको कुरा तुलनात्मक हुनसक्छ । अर्को व्यक्तिसँगको सामीप्यता कसै न कसैले देखेको हुन्छ र यस्ता कुरा सार्वजनिक हुनसक्छ अनि अन्त्यमा उक्त कुरा तपाईंको हुनेवाला श्रीमान्ले पनि थाहा पाउने सम्भावना हुनसक्छ । विचार गर्नुपर्ने अर्को कुरा तपाईंको केटा साथी के–कस्तो स्वभावको हुनुहुन्छ ? तपाईंको केटा साथीसँग सम्बन्ध अघि बढेन अनि उहाँको स्वभाव वा चरित्र ठीक छैन भने उहाँले पनि तपाईंहरूबीचको यौ नसम्पर्कलाई चर्चामा ल्याउने खतरा हुन्छ । यस्तो जोखिम कति छ भन्ने कुरामा ध्यान पुर्याउनुहोला । कतिपय स्थितिमा ऊ भयादोहन गर्न पनि पछि नपर्न सक्छ, तर भयादोहन गर्न नसकोस् भनेर मन बलियो बनाउनुपर्छ । तपाईंमा परिस्थिति खुलस्त भएको स्थितिमा जीवन अघि बढाउने अर्थात् त्यसको सामना गर्ने अठोट छ भने तपाईंलाई भयादोहन गर्न सजिलो हुनेछैन ।

के गर्ने त ?
प्रत्येक व्यक्तिले यौ नसम्पर्क राख्ने कि नराख्ने भन्ने निर्णय गर्दा उसको व्यक्तिगत मूल्य–मान्यता, विश्वास तथा अनुभवहरूलाई आधार बनाएको हुन्छ । यौनसम्पर्कका कारण उत्पन्न हुन सक्ने जोखिन वा नकारात्मक असर पुरुषको तुलनामा महिलालाई बढी हुन्छ । त्यसैले पनि यसमा तपाईंले विशेष चनाखो हुनुपर्ने स्थिति छ । अहिलेको सम्बन्ध कत्तिको दिगो हुन्छ भन्ने कुरा विचार नगरी आवेशमा यौ नसम्पर्क राख्नुभन्दा त्यसमा केही ढिलाइ गरी सम्बन्धलाई थप परिपक्व हुन दिनु फाइदाजनक नै हुन्छ । तपाईंलाई थाहै होला, कतिपय व्यक्ति पहिले रोजेको वा विवाह गरेको साथीबाट बालबच्चा भैसकेपछि पनि अलग भएर नयाँ सम्बन्ध स्थापित गरेर सुखमय जीवनयापन गरिरहेका छन् । तपाईंको मनमा भएको त्रासलाई बढ्न दिनुभयो भने पक्कै पनि त्यसले नकारात्मक असर पार्छ ।

कान्तिपुर साप्ताहिकबाट