३२ असार २०८३, बिहीबार
,
Latest
यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश सेतीवेनीमा बढ्दै भारतीय पर्यटक परराष्ट्रमन्त्रीसँग अतिरिक्त सचिव महावरको शिष्टाचार भेट देशभर ६१.६२ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम सबैभन्दा अगाडि प्रशासकीय अदालतमा सबैभन्दा बढी सेवा सुविधासम्बन्धी मुद्दा बादी समुदायका ८४ विद्यार्थीलाई एक वर्षको भर्ना शुल्क सहयोग रोजगारीको ग्यारेन्टी नहुने तालिम सञ्चालन नगर्न श्रममन्त्रीको निर्देशन, न्युनतम पारिश्रमिक वैज्ञानिक बनाइने भ्रष्टाचार मुद्दामा सुनिल पौडेल दोषी ठहर, साढे ८ वर्ष कैद र रु. १ करोड ५४… सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्लाका आठवटै स्थानीय तहले ल्याए बजेट



अ+ अ-

जुम्ला। जुम्लाका आठवटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् ।

जिल्लामा रहेका एक नगरपालिकासहित सात गाउँपालिकाले बुधबार एकैसाथ बजेट सर्वजनिक गरेका हुन् ।

यहाँको चन्दनाथ नगरपालिकाले रु ५९ करोड ४६ लाख ७१ हजार बजेट सार्वजनिक गरेको छ । तातोपानी गाउँपालिकाले रु ५४ करोड २८ लाख आठ हजार, पातारासी गाउँपालिकाले रु ४५ करोड ४६ लाख छ हजार र तिला गाउँपालिकाले रु ५० करोड ५१ लाख ७१ हजार बजेट ल्याएका छन् ।

यसैगरी, हिमा गाउँपालिकाले रु ४३ करोड ७९ लाख ६६ हजार, सिँजा गाउँपालिकाले रु ४५ करोड ४८ लाख १८ हजार र कनकासुन्दरी गाउँपालिकाले रु ४५ करोड १२ लाख ७७ हजार बजेट ल्याएका छन् । गुठीचौर गाउँपालिकाले असार ९ गते रु ३८ करोड ३६ लाख ८३ हजार बजेटसहित नीति तथा कार्यक्रम ल्याएको थियो ।

तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले प्रस्तुत गर्नुभएको बजेटमा संस्थागत सुदृढीकरण र सुशासन, दिगो पूर्वाधार तथा सहरी विकास, कला, संस्कृति, सम्पदा संरक्षण र संवद्र्धन, सुलभ आधारभूत स्वास्थ्य सेवा तथा नगरवासीको जीवन रक्षा, रोजगारमूलक एवं स्तरीय आधारभूत शिक्षालाई प्राथमिकता दिइएको जानकारी दिनुभयो । रासस