४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

कृषि र पर्यटन प्रवर्द्धनलाई जोड दिँदै नेपालगञ्जले ल्यायो एक अर्ब ७६ करोडको बजेट

कृषि र पर्यटन प्रवर्द्धनलाई जोड दिँदै नेपालगञ्जले ल्यायो एक अर्ब ७६ करोडको बजेट
अ+ अ-

काठमाडाैँ । नेपालगञ्ज उपमहानगरपालिकाले कृषि र पर्यटन क्षेत्रको प्रवर्द्धनलाई जोड दिँदै आज आर्थिक वर्ष २०८३/०८४ का लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।

उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले उपमहानगरपालिकाको १९औँ नगरसभामामा सो नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको हो । उपमहानगरपालिकामा उपप्रमुखको पद रिक्त रहेको छ । नीति, कार्यक्रम प्रस्तुत गर्दै उपमहानगरपालिकाका प्रमुख विष्टले प्रसिद्ध बागेश्वरी मन्दिर, निर्माणाधीन १०८ फिटे हनुमान मूर्तिलगायका ऐतिहासिक तथा सांस्कृतिक क्षेत्रलाई समेटी धार्मिक पर्यटनको प्रवर्द्धन गर्न भारतको अयोध्या नगरसँग भगिनी सम्बन्ध कायम गर्न पहल गरिने उल्लेख गर्नुभयो ।

उहाँले नीति, कार्यक्रममा उपमहानगरपालिकामा रहेका कान्ति ताल, वाटरपार्क, रानी तलाउको संरक्षणलाई जोड दिँदै फुटाहा तालको स्तरोन्नति र धोबी घाटको संरक्षण कार्यलाई अघि बढाइने बताउनुभयो । प्रमुख विष्टले सिँचाइ, उन्नत बीउ र मलको सहज उपलब्धता सुनिश्चित गरी कृषि उत्पादनको बजारीकरणका लागि व्यवस्थित तरकारी तथा फलफूल बिक्री केन्द्र स्थापनामा जोड दिँदै पुष्पखेती, सामूहिक खेती र लिज खेतीजस्ता व्यावसायिक खेती प्रणालीलाई प्रोत्सहन गरी कृषि क्षेत्रलाई आत्मनिर्भर र आकर्षक पेसाका रूपमा विकास गरिने बताउनुभयो ।

उपमाहानगरभित्र बसेका भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी बसोबास गरिरहेका क्षेत्रको नक्साङ्कन कार्यलाई निरन्तरता दिँदै उपमहानगरपालिकालाई शैक्षिक हबका रूपमा विकास गर्न नगर शिक्षा योजना अद्यावधिक, स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तकको समयानुकूल परिमार्जन र शैक्षिक सुशासनका लागि विद्यालय अनुगमन तथा सुपरिवेक्षणमा जोड दिइएको उहाँले उल्लेख गर्नुभयो ।

यसबाहेक उद्योग, व्यापार तथा व्यवसाय, श्रम रोजगार तथा गरिबी निवारण, स्वास्थ्य तथा पोषण, शिक्षा, महिला बालवबालिका तथा सामाजिक समावेशीकरण, आवास, भवन तथा बस्ती विकास, भौतिक पूर्वाधार तथा यातायात, विद्युत् तथा ऊर्जा, विपद् व्यवस्थापन तथा जलवायु परिवर्तन, सुशासन तथा सेवा प्रवाह, राजस्व तथा स्रोत परिचालनलगायतका विषयमा नीति, कार्यक्रम र बजेट तर्जुमा गरिएको छ । उपमहानगरपालिकाका प्रमुख विष्टले आर्थिक वर्ष २०८३/०८४ का लागि कूल रु एक अर्ब ७६ करोड ६४ लाख ८३ हजार बराबरको आय तथा व्यय बजेट प्रस्तुत गर्नुभयो