९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे

सामुदायिक विद्यालयको शिक्षा सुधारमा कामपाको जोड

सामुदायिक विद्यालयको शिक्षा सुधारमा कामपाको जोड
अ अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको शिक्षा सुधार र विद्यार्थी मूल्याङ्कन र नतिजा अभिलेखनका लागि शिक्षकलाई प्रशिक्षण दिन थालेको छ ।

यसै सन्दर्भमा कामपाले कक्षा ४ र ५ का शिक्षकलाई विद्यार्थी मूल्याङ्कन र नतिजा अभिलेखनसम्बन्धी सरकारले जारी गरेको शासकीय सुधारको बुँदा नं ८९ कार्यान्वयनका लागि प्रशिक्षण सुरु गरेको कामपाको भनाइ छ ।

शिक्षा विभागका प्रमुख नमराज ढकालले भन्नुभयो, “पहिलो चरणमा १८० जनालाई शिक्षकलाई प्रशिक्षित गरेको छ । आउँदो आइतबार थप १८० जनालाई तालिम प्रदान गर्ने कामपा शिक्षा विभागको योजना छ ।”

सरकारले जारी गरेको शासकीय सुधारसम्बन्धी कार्ययोजनाअन्तर्गतको ८९औँ बुँदामा उल्लेख भएको कक्षा ४ र ५ का विद्यार्थीको नियमित मूल्याङ्कनसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न तालिम सञ्चालन गरिएको हो ।

पहिलो चरणको तालिम समापन गर्दै शिक्षा विभागका प्रमुख नमराज ढकालले भन्नुभयो, “तालिमले शिक्षकहरूलाई मूल्याङ्कन प्रणालीका विषय स्पष्टता कायम गरेको छ । आत्मविश्वास जगाएको छ ।”

शिक्षकहरूको उत्कृष्ट तथा नवीन अभ्यासहरूको आदानप्रदान, पाठ्यक्रमको परिचय र संरचना, विषयगत पाठ्यक्रम र तिनका विशेषता, नवीनतम् शिक्षण विधिको प्रयोग, विद्यार्थी मूल्याङ्कनका सम्भाव्य तरिका र साधनहरूको प्रयोग, सिकाइ उपलब्धि मूल्याङ्कन अभिलेख फारमको प्रयोग, जीपीए गणना र विद्यार्थीको प्रगति प्रतिवेदनको नमूना तयारीलगायत विषय तालिममा समावेश गरिएको थियो । तालिम सहजकर्ता सीता पाण्डेका अनुसार स्रोत शिक्षकहरूलाई स्रोतव्यक्तिका रूपमा राखेर तालिम सञ्चालन गरिएको हो ।

कामपाले चालु आर्थिक वर्षको यस अवधिमा एक हजार ६४६ जना शिक्षकहरूलाई विभिन्न विधामा तालिम प्रदान गरेको छ । यसमा बाल विकास सहजकर्ता (इसिडी) मा १२४ जना, मनोवैज्ञानिक र मनोसामाजिक परामर्शसम्बन्धी तालिममा १३४ जना, नेपाल भाषा प्रशिक्षणमा सामुदायिक विद्यालयतर्फ १६४, संस्थागततर्फ ११६ र विद्यार्थी मूल्याङ्कन तथा नतिजा अभिलेखनमा १८० जनालाई तालिम प्रदान गरिएको हो ।

सूचना तथा प्रविधिसम्बन्धी तालिममा ३८५ जना, एकीकृत पाठ्यक्रम कार्यान्वयन तथा मूल्याङ्कन र विषयगत रूपमा प्रश्नपत्र निर्माण तथा विद्यार्थी मूल्याङ्कनसम्बन्धी तालिममा ४६० र प्रारम्भिक बाल शिक्षादेखि कक्षा ३ सम्म अध्ययनरत विद्यार्थीको अपाङ्गता पहिचानसम्बन्धी तालिममा ८३ जना शिक्षक सहभागी हुनुभयो ।

असार महिनामा विद्यार्थी मूल्याङ्कन तथा नतिजा अभिलेखनसम्बन्धी थप १८० जना शिक्षकलाई तालिम दिने योजना कामपाको रहेको छ । रासस