१ असार २०८३, सोमबार
,
Latest
जेन-जी आन्दोलनलाई न्याय दिने हिसावले हामी अगाडि बढेका छौँः अर्थमन्त्री वाग्ले नाडा र उपत्यका ट्राफिक प्रहरीबिच ट्राफिक व्यवस्थापन सुधार र एआई प्रविधि प्रयोगबारे छलफल पपुलिजमले देशलाई सही दिशा दिन सक्दैन : महासचिव पोखरेल अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्छः प्रेमप्रसाद दंगाल समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ: महानिरीक्षक कार्की नेपाल-चीन वैज्ञानिक सहकार्य अब नयाँ चरणमा प्रवेश गर्नुपर्नेमा परराष्ट्रमन्त्रीको जोड नेप्से परिसूचक १२.२६ अङ्कले घट्यो निक्षेप फिर्ताको माग गर्दै कर्णाली डेभलपमेण्ट बैंकका वचतकर्ताद्वारा माईतीघरमा प्रदर्शन बिर्तामोड रोजगार मेलामार्फत १६४ युवाले पाए रोजगारी सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पुनर्लेखन गर्नुपर्दछः उर्मिला अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसदबाट राजीनामा नदिने महराको अडान, आफु नेकपाको नभएकै कारण दलको निर्देशन नमान्ने



अ+ अ-

काठमाडौं । संसद् सचिवालयकी एक महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोपमा हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले आफू नेकपाको सदस्य नभएको भन्दै पार्टीको निर्देशन नमान्ने बताएका छन् । आफूले सभामुख निर्वाचनसँगै पार्टीको साधारण सदस्यसमेत त्याग गरेको बताउँदै उनले आफू नेकपामा नभएकाले राजीनामा नदिने बताएका हुन् । दुव्र्यवहारको घटना सार्वजनिक भएसँगै सभामुख र सांसद पदबाटसमेत राजीनामा दिन नेकपाले महरालाई निर्देशन दिएको थियो ।

तर, उनले सांसद पदबाट राजीनामा नदिई सभामुख पदबाट मात्रै राजीनामा दिए । उनले राजीनामा नदिँदा उनी संसद्मा स्वतन्त्र सांसदका रूपमा रहन सक्छन् । उनले आफू नेकपाको नेता नै नभएको भन्दै सो पार्टीको सुझाव किन मान्ने भनेर राजीनामा नदिएको उनीनिकट नेता बताउँछन् । उनको भनाइ उद्धृत गर्दै नेकपाका एक नेताले भने, ‘मैले किन राजीनामा दिने ? म अहिले नेकपामा छैन, त्यही भएर सो पार्टीको सुझाव मान्न म बाध्य छैन ।’

महराको भनाइसँग नेकपाका प्रमुख सचेतक देव गुरुङको धारणा पनि मिल्न गएको छ । प्रमुख सचेतक गुरुङले महरा नेकपामा नरहेकाले पार्टीको सुझाव मान्न बाध्यता नभएको बताए । ‘सभामुखमा चयन भएपछि उहाँले पार्टीबाट राजीनामा दिनुभएको थियो । पछि फेरि उहाँ पार्टीमा जोडिनुभएको थाहा छैन,’ उनले भने, ‘पार्टीमै नभएका व्यक्तिलाई नेकपाले सुझाव दिने हो, दबाब दिन वा निर्देशन दिन मिल्दैन ।’ सभामुख र उपसभामुख नियुक्त हुँदा एमाले र माओवादी केन्द्र अलग–अलग पार्टी थिए ।

तत्कालीन माओवादी केन्द्रका तर्फबाट महरा सभामुख बनेका थिए भने एमालेबाट डा. शिवमाया तुम्वाहाम्फे उपसभामुख बनिन् । सभामुख र उपसभामुखको निर्वाचन हुँदा कांग्रेसले सभामुखमा उम्मेदवारी दिएको थिएन भने उपसभामुखमा पुष्पा भुसाललाई उम्मेदवार बनाएको थियो । सभामुख र उपसभामुख निर्वाचनपछि एमाले र माओवादी केन्द्रबीच एकता भएपछि सभामुख र उपसभामुख एउटै पार्टीको भएको भन्दै कांग्रेसले संसद्मा आवाज उठाएको थियो ।

सभामुख र उपसभामुख निर्वाचनका क्रममा दुवैले आ–आफ्नो पार्टीबाट राजीनामा बुझाएर आफूहरू स्वतन्त्र रहेको सार्वजनिक गरेका थिए । यस्तो हुँदा अहिले उपसभामुख रहेकी डा.तुम्वाहाम्फेले पनि पार्टीबाट राजीनामा दिएकाले स्वतन्त्रको हिसाबमा हेर्ने हो भने नेकपाले सभामुखमा पुनः आफ्ना तर्फबाट उम्मेदवार बनाउन सक्नेछ । पार्टीको कुनै सदस्य नभएको व्यक्तिले पार्टीको ह्वीप वा निर्देशन अथवा सुझाव मान्न बाध्यता नभएको भन्दै सांसदबाट राजीनामा दिन महरा तयार छैनन् ।

१२ असोज राति संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीको घरमा गएर यौन दुव्र्यवहार गरेको आरोप महरामाथि छ । १४ असोजमा नेकपा सचिवालयको बैठकले महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाएको थियो । निर्णय आएकै दिन उनले सभामुखबाट राजीनामा दिए पनि सांसद पदबाट राजीनामा दिएनन् । उनी पुनः संसद्मा फर्किने आसमा देखिन्छन् । उनी निकट स्रोतले भन्यो, ‘महरा सरले न्याय पाउनुहुन्छ, उहाँमाथि लागेको आरोप गतल साबित हुनेछ र उहाँ पुनः संसद्मा आउनुहुन्छ ।’

महरा पक्राउ पर्नेबित्तिकै संसद सचिवालयले उनको सेवा सुविधा सबै रोक्का गरेको छ । तर, निलम्बन गरेको छैन । नेपालको संविधान, २०७२ को धारा ८७ अनुसार नैतिक पतन नदेखिने कसुरमा सजाय नपाएको व्यक्ति संघीय सांसद हुन सक्ने उल्लेख छ । अहिलेसम्म महारामाथि लागेको अभियोग पुष्टि भएको छैन । जुन दिन अभियोग पुष्टि हुन्छ, त्यो दिन सांसद पद स्वतः जान्छ । त्यही भएर उनले आफ्नो सांसद पदबाट राजीनामा नदिएका हुन् । उनीमाथि लागेको आरोप गलत ठहरिए सांसद पदमा फर्किनेछन् ।

यदि, अहिले नै राजीनामा दिइहाले भने मुद्दा जितेपछि पुनः बहाली हुन सक्दैनन् । उनले सोही व्यवस्था सभामुखमा पनि राखेका थिए । छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा छानबिन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको उनले घोषणा गरेका थिए । अभियोग प्रमाणित नभए सभामुखमा पुनः फर्किने उनको सोच थियो । तर, राजीनामा आउँदा आलोचना हुन थालेपछि उनले राजीनामा पत्र नै सच्याएर बुझाएका थिए । राजधानी दैनिकबाट