१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी महासन्धि अनुमोदन गरेको १६ वर्षपछि ६ वटा सम्पदा परे राष्ट्रिय सूचीकरणमा

अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी महासन्धि अनुमोदन गरेको १६ वर्षपछि ६ वटा सम्पदा परे राष्ट्रिय सूचीकरणमा
अ अ+ अ-

काठमाडाैँ । नेपाल सरकारले आर्थिक वर्ष २०८१\८२ देखि संयुक्त राष्ट्रसङ्घीय महासन्धि अनुमोदन गरेको १६ वर्षपछि छ वटा अभौतिक सांस्कृतिक सम्पदाको राष्ट्रिय सूचीकरण गरेको छ ।

विसं २०६७ असार १ गते नेपालले अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि अनुमोदन गरेको थियो । पहिलो वर्ष सरकारले सूचीकरणका लागि निवेदन आह्वान गर्दा १०५ वटा आवेदन मन्त्रालयमा दर्ता भएको थियो । तीमध्ये ललितपुर जिल्लाका नेवार समुदायले बनाउने योमरी राष्ट्रिय सूचीकरण भएको थियो ।

योमरी अभौतिक सांस्कृतिक सम्पदाको राष्ट्रिय सूचीकरणमा पर्ने पहिलो अमूर्त सम्पदा हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसवर्ष पाँच वटा अभौतिक सांस्कृतिक सम्पदालाई राष्ट्रिय सूचीकरण गरेको छ । माझी समुदायले अभ्यास गर्ने लदी पूजा, मगर समुदायले मनाउने भूमे पर्व, मध्यपुर थिमी नगरपालिका–८ बोडेका श्रेष्ठ, ज्यापु, नकर्मीलगायत नेवाः समुदायले मनाउने जिब्रो छेड्ने जात्रा, सोही स्थानका नेवाः समुदायले मनाउने श्री नीलबाराही गण नाचलाई राष्ट्रिय सूचीकरण गरिएको हो ।

यसैगरी माडी गाउँपालिका–६ रोल्पाका मगर समुदायले मनाउने नचारु स्याइँ नाचलाई पनि राष्ट्रिय सूचीकरण गरिएको छ । मन्त्रालयले महासन्धिअनुसार विभिन्न समुदायको पहिचान एवं अभिलेखीकरणमार्फत अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण सम्बन्धित समुदायबाटै गर्ने कार्यलाई निरन्तरता दिन राष्ट्रिय सूचीकरण थालनी गरेको हो ।

अभौतिक सांस्कृतिक सम्पदा (सूचीकरण तथा व्यवस्थापन) सम्बन्धी आन्तरिक दिग्दर्शन, २०८२ मा भएको प्रावधान बमोजिम चालु आर्थिक वर्षमा मन्त्रीस्तरीय निर्णयबाट उक्त पाँच अभौतिक सांस्कृतिक सम्पदा राष्ट्रिय सूचीकरण गरिएको हो । सम्पदा राष्ट्रिय सूचीकरण गर्न लागि पर्ने व्यक्ति वा संस्थालाई अभौतिक सांस्कृतिक सम्पदा दिवस पारेर आज मन्त्रालयमा सम्मान गरियो । सम्पदा अभियानकर्मीलाई सम्मान गर्नुहुँदै मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले संस्कृतिका धनी देश नेपालका जात, जाति र संस्कृतिको सम्मानका लागि दिवस मनाउन थालिएको बताउनुभयो ।

अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा छलफलको चरणमा रहेको जानकारी उहाँले दिनुभयो । मन्त्रालयका सहसचिव डा सुरेशसुरस श्रेष्ठले अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी महासन्धि नेपालले अनुमोदन गरेको १५ वर्षपछि २०८२ असार १ गतेलाई यससम्बन्धी राष्ट्रिय दिवस मनाउन सुरु गरिएको जानकारी दिनुभयो ।

गत वर्ष सूचीकरणमा परेको ललितपुरका नेवार समुदायको योमरीलाई यसवर्ष संयुक्त राष्ट्र« सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) मा अन्तरराष्ट्रिय सूचीकरणका लागि पठाइएको छ ।