४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

परराष्ट्रमन्त्री खनाल र सिपिसी विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता, के-के भयाे कुराकानी ?

परराष्ट्रमन्त्री खनाल र सिपिसी विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता, के-के भयाे कुराकानी ?
अ+ अ-

काठमाडाैँ । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) केन्द्रीय समिति, अन्तर्राष्ट्रिय विभाग (आईडीसिपिसी)का प्रमुख लिउ हाइसिङसँग भेटवार्ता गरेका छन् ।

सोमबार बेइजिङमा भएको भेटवार्तामा प्रमुख लिउले सिपिसीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग मैत्रीपूर्ण सम्बन्ध विकास गर्न चाहेको भन्दै आदानप्रदान बढाउन, रणनीतिक सञ्चारलाई सुदृढ पार्न, राजनीतिक पारस्परिक विश्वास निर्माण गर्न, शासन अनुभवको साझेदारीलाई गहिरो बनाउन तथा “पार्टी-प्लस” च्यानलहरू मार्फत विभिन्न क्षेत्रहरूमा सहयोग प्रवर्द्धन गर्न इच्छुक रहेको बताए ।

चीन-नेपाल सम्बन्धको विकासमा राजनीतिक दलहरूको योगदानबारे चर्चा गर्दै लिउले सिपिसीको अवधारणा र अनुभवहरू पनि सुनाए । जनता-केन्द्रित दर्शन र साहसिक आत्म-सुधारको प्रतिबद्धतामा उनले अनुभव बाँडेका हुन् । भेटवार्तामा परराष्ट्रमन्त्री शिशिर खनालले ७० वर्ष लामो कूटनीतिक सम्बन्धमा नेपाल र चीनले एकअर्कालाई निरन्तर सम्मान, समान व्यवहार र शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरूमा आधारित मैत्रीपूर्ण सम्बन्ध विकास गरेका बताए ।

नेपालले एक-चीन सिद्धान्तलाई दृढतापूर्वक पालना गर्ने र कुनै पनि शक्तिलाई चीन विरोधी गतिविधिहरूका लागि आफ्नो क्षेत्र प्रयोग गर्न कहिल्यै नदिने पनि उनले प्रष्ट पारे । चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चीनले हासिल गरेको अभूतपूर्व विकास उपलब्धिहरूको कदर गर्दै नेपालले पनि वैज्ञानिक तथा प्राविधिक नवप्रवर्तन, जलविद्युत्, कृषि, संस्कृति र पर्यटन जस्ता क्षेत्रहरूमा सम्पर्क सञ्जाललाई अझ अगाडि बढाउन र पारस्परिक लाभदायक सहयोगलाई सुदृढ पार्न चीनसँग काम गर्न इच्छुक रहेको बताए । रास्वपाले चिनियाँ कम्युनिष्ट पार्टीसँगको आफ्नो मैत्रीपूर्ण सम्बन्धलाई महत्व दिनुका साथै अन्तर-पार्टी आदानप्रदान र सहयोगलाई अझ सुदृढ पार्न, भ्रष्टाचार विरोधी र सुशासन जस्ता क्षेत्रहरूमा सिपिसीको अनुभवबाट सिक्न तत्पर रहेको पनि उनले सुनाए ।

कुराकानीका क्रममा लिउ हाइसिङले चीन र नेपाल पहाड र नदीहरूले जोडिएको र पुस्तौंदेखिका मित्र भएको बताउँदै विश्वका विभिन्न आकारका देशहरूबीच समानता र मैत्रीपूर्ण सहअस्तित्वको लागि एक मोडेल स्थापित गरेको बेइजिङबाट पत्रकार लक्ष्मी लम्सालले बताए ।

सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको ऐतिहासिक नेपाल भ्रमणको क्रममा, द्विपक्षीय सम्बन्ध विकास र समृद्धितर्फ केन्द्रित दिगो मित्रताको रणनीतिक साझेदारीमा उकासिएको थियो । उनले भने, चीन नेपाललाई दृढतापूर्वक समर्थन गर्न, पारस्परिक रूपमा लाभदायक सहयोगलाई सुदृढ पार्न, जनता-जनताबीचको आदानप्रदानलाई गहिरो बनाउन र चीन-नेपाल सम्बन्धमा निरन्तर नयाँ परिणामहरू प्राप्त गर्न इच्छुक छ।

उनले चिनियाँ कम्युनिष्ट पार्टीले लामो समयदेखि नेपालका प्रमुख राजनीतिक दलहरूसँग नियमित मैत्रीपूर्ण आदानप्रदान कायम राखेको सुनाउँदै द्विपक्षीय सम्बन्धको विकासमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको चर्चा गरे । चिनियाँ संचारमाध्यमहरूका अनुसार सिपिसी केन्द्रीय समिति अन्तर्राष्ट्रिय विभागका उपप्रमुख चिन सिन पनि बैठकमा उपस्थित रहेकाे  बेइजिङबाट पत्रकार  लक्ष्मी लम्सालले बताए ।