१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

मन्त्रीहरू अनुपस्थित भएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

मन्त्रीहरू अनुपस्थित भएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
अ अ+ अ-

काठमाडौं । प्रतिनिधि सभाको सोमबारको बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलका क्रममा मन्त्रीहरूको अनुपस्थितिलाई लिएर सांसद राजेन्द्र राईले आपत्ति जनाएपछि बैठक केही समयका लागि स्थगित भएको छ।

बैठकमा विभिन्न नौ मन्त्रालयको बजेटमाथि छलफल चलिरहेका बेला सभामुख डोलप्रसाद अर्यालले सांसद राईलाई आफ्नो धारणा राख्न १० मिनेटको समय दिएका थिए। तर रोस्टममा पुगेपछि उनले बजेटमाथिको छलफलमा सम्बन्धित मन्त्रीहरू उपस्थित नभएको भन्दै असन्तुष्टि व्यक्त गरे।

सांसद राईले बजेटमाथि छलफल हुँदा सम्बन्धित मन्त्रालयका मन्त्रीहरू अनिवार्य रूपमा उपस्थित हुनुपर्ने व्यवस्था कार्यान्वयन नभएको आरोप लगाए। मन्त्रीहरू उपस्थित नभएको अवस्थामा आफ्नो भनाइ राख्नुको औचित्य नदेखिएको उनको तर्क थियो।

उनले सदनमा नौ मन्त्रालयको बजेटमाथि छलफल भइरहे पनि केवल दुई जना मन्त्री मात्र उपस्थित रहेको उल्लेख गर्दै सबै सम्बन्धित मन्त्री उपस्थित गराउन माग गरे। मन्त्रीहरूको उपस्थिति सुनिश्चित नभएसम्म आफूले बोल्न नसक्ने भन्दै उनी रोस्टममै उभिइरहे।

सभामुख अर्यालले पटक–पटक आफ्नो मन्तव्य राख्न आग्रह गरे पनि सांसद राईले संसदीय प्रक्रियाअनुसार मन्त्रीहरू उपस्थित हुनुपर्ने अडान दोहोर्‍याए। अन्ततः उनले रोस्टम नछाड्ने र त्यहीँ बसिरहने बताएपछि सदनको कार्यसूची प्रभावित भएको थियो।

उत्पन्न अवस्थालाई व्यवस्थापन गर्न सभामुख अर्यालले प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित गर्ने घोषणा गरेका छन्। मन्त्रीहरूको उपस्थितिको विषयलाई लिएर सदनमा देखिएको यो विवादले संसद् सञ्चालन प्रक्रियामाथि पुनः प्रश्न उठाएको छ।