९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे

फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते

फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते
अ अ+ अ-

काठमाडौँ। मध्य फिलिपिन्सको टक्लोबान सहरस्थित एक विद्यालयमा सोमवार भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

स्थानीय प्रहरीले दिएको जानकारीअनुसार विद्यालयमा कक्षा सञ्चालन भइरहेको समयमा घटना घटेको हो । स्थानीय समयअनुसार बिहान करिव ९ बजे भएको उक्त आक्रमणका क्रममा कक्षाकोठाभित्रै गोली चलेको थियो ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो फुटेजहरूमा गोलीको आवाज सुनिने बित्तिकै विद्यार्थी र शिक्षकहरू सुरक्षाका लागि डेस्कमुनि लुकेको र भागदौड मच्चिएको देखिन्छ ।

घटनालगत्तै पुगेका आपतकालीन उद्धारकर्मीहरूले घाइतेहरूलाई उपचारका लागि नजिकैका अस्पतालहरूमा पुर्याएका थिए । प्रहरीले आक्रमणमा संलग्न रहेको आशङ्कामा एक जना संदिग्ध व्यक्तिलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको छ ।

यद्यपि आक्रमणको कारण भने अझै खुल्न सकेको छैन । यस घटनाका सम्बन्धमा थप तथ्यहरू फेला पार्न र आक्रमणको परिस्थिति बुझ्न प्रहरीले विस्तृत अनुसन्धान शुरु गरिसकेको अधिकारीहरूले जनाएका छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल