९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रति आर्कषण बढ्दै

बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रति आर्कषण बढ्दै
अ अ+ अ-

नेपालगञ्ज। बाँकेको खजुरामा चालु आर्थिक वर्षमा २२ हजारभन्दा बढी नागरिकले आयुर्वेद सेवा लिएका छन् ।

खजुरा गाउँपालिकाको नागरिक आरोग्य सेवा केन्द्रका अनुसार जेठ मसान्तसम्म २२ हजार ३९४ जनाले आयुर्वेद सेवा लिएका हुन् ।

आरोग्य सेवा केन्द्रद्वारा आज खजुरामा आयोजित पत्रकारका लागि आयुर्वेद सेवासम्बन्धी अभिमुखीकरण कार्यक्रममा सेवा केन्द्रका शाखा प्रमुख किरण खनालले हरेक वर्ष आयुर्वेद सेवा लिनेको सङ्ख्या बढ्दै गएको उल्लेख गर्नुभयो ।

सेवा केन्द्रले नियमित रूपमा भान्सा सुधार अभिमुखीकरण कार्यक्रम, योग सेवा, पूर्वकर्म तथा पञ्चकर्म, ज्येष्ठ नागरिक स्वास्थ्य जाँच, सुत्केरी महिलालाई दुग्धवर्द्धक औषधि (शतावरी चूर्ण) वितरण, विद्यार्थी र शिक्षकलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

उहाँले सेवा लिनेहरूमा पुरुषभन्दा महिलाको सङ्ख्या बढी रहेको जानकारी दिनुभयो । खनालले आयुर्वेद उपचार पद्धतिप्रति नागरिकको आकर्षण बढ्दै गएको बताउँदै हाडजोर्नी, ग्यास्ट्रिक, पाइल्स, फिस्टुलालगायतका बिरामीले आयुर्वेद सेवा लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यसको असर र प्रभाव देखिन केही समय लाग्न सक्छ ।” सो अवसरमा सञ्चारकर्मीसहित विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । पत्रकार खगेन्द्र दाहाल, चन्द्र बोहरालगायतलाई गाउँपालिका अध्यक्ष डम्बरबहादुर विकले सम्मान गर्नुभयो ।

खजुरा-३ का कार्यवाहक अध्यक्ष देउमाया थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष विकले अहिले नसर्ने रोग चुनौतीका रूपमा रहेको बताउँदै नसर्ने रोगका बारेमा जनचेतना बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले पछिल्लो समय बिस्तारै आयुर्वेद उपचार पद्धतितर्फ नागरिकको आकर्षण बढ्न थालेको बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेल, नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरीलगायतले सचेतनामार्फत आयुर्वेदप्रतिको मानिसको धारणा परिवर्तन गराउनुपर्नेमा जोड दिनुभयो । रासस