७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली अजरबैजानको बाकु जाने



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली कात्तिक ८ गते अजरबैजानको राजधानी बाकु जाने भएका छन्। कात्तिक ८ र ९ गते बाकुमा हुने असंलग्न राष्ट्रहरूको १८ औं शिखर सम्मेलनमा भाग लिन जाने भएका छन्।

सम्मेलनमा प्रधानमन्त्रीसँगै पत्नी राधिका शाक्य, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी पनि सहभागी हुनेछन्।

प्रधानमन्त्रीले असंलग्न राष्ट्रहरूको सम्मेलनलाई कात्तिक ९ गते सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विभिन्न मुलुकका सरकार र राष्ट्र प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ।

प्रधानमन्त्री ओली कात्तिक १० गते बिहान नेपाल आइपुग्नेछन्।