५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा महाधिवेशन एक दिन लम्बिने, मनिष झाद्वारा महामन्त्रीमा उम्मेदवारी घोषणा



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले आगामी नेतृत्व चयनमा आफू पदाधिकारीको दाबेदार हुन सक्ने संकेत गरेका छन्।

महाधिवेशन स्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता झाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने स्पष्ट पार्नुभएको छ । शुरुमा केही द्विविधामा रहे पनि आफू अब मानसिक रूपमा तयार भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हामीले ९ गते नै सबै कार्यक्रम सक्ने लक्ष्य राखेका थियौँ, तर प्रतिनिधिको ठुलो सङ्ख्या र उम्मेदवारीमा धेरैको आकाङ्क्क्षाका कारण १० गतेसम्म लम्बिन सक्ने कुरामा हामी मानसिक रूपमा तयार थियौँ । राजनीतिमा लागेपछि थप चुनौती लिन तयार हुनुपर्छ । पार्टीको आगामी दुई निर्वाचनको तयारी र देशले राखेको अपेक्षालाई सम्बोधन गर्न महामन्त्रीको जिम्मेवारी महत्त्वपूर्ण छ । मैले आफ्नो क्षमता, पृष्ठभूमि र साथीहरूको सल्लाहका आधारमा यस पदका लागि आफूलाई योग्य पात्र ठानेको छु ।’

उहाँले महामन्त्री पदलाई ठूलो जिम्मेवारी र जोखिमका रूपमा व्याख्या गर्दै आफूले पदसँग न्याय गर्नसक्ने आत्मविश्वासका साथ प्रतिष्पर्धामा उत्रने निर्णय गरेको बताउनु भयो । चर्को गर्मी र व्यवस्थापकीय असहजताका बाबजुद पनि कार्यकर्ताहरूमा उत्साहजनक सहभागिता देखिएको झाले उल्लेख गर्नुभयो ।

महाधिवेशनले पार्टीभित्रका सबै धार र समूहलाई एकताबद्ध गर्दै अघि बढाउने विश्वास व्यक्त गर्दै उनले रास्वपामा कुनै गुट वा समूह नरहेको दाबी गरे। उद्घाटन समारोहमा पार्टी नेतृत्वले समेत एकता, सिद्धान्त र निष्ठाप्रतिको प्रतिबद्धता दोहोर्‍याएको उनले स्मरण गराए।

प्रवक्ता झाले रास्वपा राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र र सुशासनप्रति दृढ रहेको उल्लेख गरे। साथै, महाधिवेशनमा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्रीसहित विभिन्न दलका शीर्ष नेताको उपस्थितिलाई रास्वपाप्रतिको सम्मान र राजनीतिक स्वीकारोक्तिको सन्देशका रूपमा पार्टीले लिएको बताए।