• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त झा पक्राउ ★   लालीगुराँस सहकारीका प्रमुख सञ्चालक सुरेन्द्र भण्डारी पक्राउ ★   देशलाई धानमा मात्र होइन खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको छः प्रधानमन्त्री ★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन ★   शीतल निवासमा धान रोपाइँ – तस्बिरहरु ★   प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर) ★   गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता ★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह

महिलाहरु यस कारण डेटिङ जान्छन् ? यस्तो भन्छ अध्ययन



काठमाडौं । आम रुपमा महिलाहरु पुरुषसँग सुमधुर सम्बन्ध स्थापित गर्न चाहन्छन् । कुनै पनि पुरुषसँग नजिक हुँदै गरेकी महिलाको चाहना रोमान्स वा लामो सम्बन्ध स्थापित गर्ने नै हुन्छ । तर, अध्ययनले के देखाएको छ भने सबै महिला रोमान्स वा जीवन साथीको रुपमा मात्रै पुरुषलाई स्वीकार गर्छन् भन्ने हुँदैन ।
हरेक चार जना महिलामध्ये एक जना महिला भने रोमान्स वा लामो सम्बन्धभन्दा पनि सित्तैमा विभिन्न परिकार खान पाइन्छ भन्ने लोभमा पुरुषसँग नजिक हुने र डेटमा जाने गरेको पाइएको छ ।

अजुसा प्यासिफिक युनिभर्सिटी र युनिभर्सिटी अफ क्यालिफोर्निया–मेरेडको एक अध्ययनले सित्तैमा खाना खानकै लागि केही महिला डेटमा जाने गरेको तथ्य पत्ता लागेको हो । वैज्ञानिककाअनुसार यो अवस्थालाई ‘फुडी कल’ भनिन्छ । जहाँ महिला डेटिङको समयमा खानाको स्वाद लिन चाहन्छन् ।

३३ प्रतिशत महिलाबाट स्वीकार

अनलाइन अध्ययनका क्रममा ३३ प्रतिशत महिलाहरुले खाना खानकै लागि डेटमा जाने गरेको स्वीकार गरेका छन् । यसमा ६७ प्रतिशत महिलाले भने यसलाई अस्वीकार गरेका थिए । औसतमा ३४ वर्ष उमेर पुगेका ३५७ जना महिलामा यो सर्वेक्षण गरिएको थियो ।

कतिपटक यस्तो डेटमा जान्छन् ?

महिलाहरुलाई खाना खाने मात्रै उद्देश्यले डेट जानु भएको छ ? भनेर सोधिएको थियो । यस क्रममा गएकी छु भन्नेहरुलाई कतिपटक जानु भएको छ भनेर पनि सोधिएको थियो । यसको जवाफमा रेटिङमार्फत उनीहरुको उत्तर खोजिएको थियो ।

१ देखि ६ सम्मको रेटिङ थिइएको थियो । १ रेटिङ दिनेको अर्थ हुन्थ्यो, उ कहिले पनि यस्तो डेटमा गएकी छैन । तर १ बाहेक ६ नम्बरसम्मको रेटिङ दिनेहरु भने कहिलेकाही जाने गरेको भन्ने बुझाउँथ्यो । यस्तै सोसल साइकोलोजिकल एण्ड पर्सनालिटी साइन्स जर्नलमा प्रकाशित शोधअनुसार ‘फुडी कल’ को अवस्था थुप्रै किसिमको सम्बन्धमा देखिएको थियो ।

महिलाहरुको अर्को एक समूहमा पनि यस्तो अध्ययन गरिएको थियो । यसमा ८२० जना महिलालाई सहभागी गराईएको थियो । उनीहरुलाई भने व्यक्तित्व तथा सम्बन्धका विषयमा प्रश्न सोधिएको थियो । यो समूहमा सहभागी २३ प्रतिशत महिलाले पनि खाना खाने उद्देश्यले नै डेटमा जाने गरेको स्वीकार गरेका थिए ।