९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय
अ अ+ अ-

तनहुँ। आधुनिकता र बदलिँदो जीवनशैलीका कारण लोपोन्मुख बन्दै गएको सीमान्कृत अल्पसङ्ख्यक समुदाय दरैको मौलिक सांस्कृतिक सम्पदाका रूपमा रहेको चुड्का नाच संरक्षणमा जुटेको छ ।

‘चुड्काको लयमा प्रतिस्पर्धा, सांस्कृतिक संरक्षणमा प्रतिबद्धता’ भन्ने नाराका साथ पुस्तौँदेखि दरै समुदायको पहिचानसँग जोडिएको चुड्का नाचलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले लोपोन्मुख बन्दै गएका अभौतिक सम्पदाको संरक्षणमा जुटेको हो ।

चुड्का नाच दरै समुदायको परम्परागत लोकनृत्य हो, जसमा सामूहिक रूपमा गीत गाउँदै र तालबद्ध रूपमा नृत्य प्रस्तुत गर्ने प्रचलन रहेको दरै समाज तनहुँका अध्यक्ष ठाकुरबहादर दरैले जानकारी दिनुभयो । “व्यास नगर प्रज्ञा प्रतिष्ठानको सहयोगमा प्रतियोगिता गरिएको हो । विशेषगरी विवाह, पर्व, उत्सव तथा सामुदायिक कार्यक्रममा प्रस्तुत गरिने यो नाच दरै समुदायको सांस्कृतिक पहिचानका रूपमा महत्त्वपूर्ण रहेको छ”, उहाँले भन्नुभयो, “पठनपाठन, सहरीकरणले गर्दा अहिले समुदायको युवापुस्ता रोजगारीलगायतका कार्यले चुड्का नाच हराउँदै गएको छ । यसको संरक्षणका लागि प्रतियोगिता गरिएको हो ।”

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा दरै समुदायको कुल जनसङ्ख्या १८ हजार ६९५ रहेको छ । गण्डकी प्रदेशका तनहुँ, गोरखा र नवलपुर जिल्लामा दरै समुदायको उल्लेख्य बसोबास छ । जनसङ्ख्या कम हुनु र युवापुस्ता वैदेशिक रोजगारी तथा अध्ययनका लागि बाहिरिनुले चुड्का नाच संरक्षणमा चुनौती थपिएको समाजका सचिव विजय दरैले बताउनुभयो ।

तनहुँको व्यास नगरपालिका उद्गम थलो मानिएका यस समुदायको बाक्लो बासोबास रहेको छ भने ऋषिङ र घिरिङ गाउँपालिकामा पनि बसोबास गर्दै आएका यी समुदायको पछिल्लो समय युवालाई लक्षित गरी चुड्का नाच प्रतियोगिता कार्यक्रम सञ्चालन गरिएका विजयले बताउनुभयो । “दरै समाज तथा सांस्कृतिक समूहले ज्येष्ठ पुस्ताबाट गीत र नृत्य सिकाएर नयाँ पुस्तामा हस्तान्तरण गर्ने प्रयास थालिएको हो”, उहाँले भन्नुभयो ।

दरै समाज तनहुँका उपाध्यक्ष विमल दरैले पहिले गाउँका अधिकांश युवा चुड्का नाचमा सहभागी हुने गर्थे । तर, अहिले मोबाइल, इन्टरनेट र आधुनिक मनोरञ्जनका साधनको प्रभाव बढेसँगै परम्परागत संस्कृतिप्रतिको आकर्षण घट्दै गएको छ”, उहाँले भन्नुभयो, “त्यसैले समुदायस्तरमै संरक्षणका कार्यक्रम आवश्यक बनेका छन् ।”

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले चुड्का नाच केवल मनोरञ्जनको माध्यममात्र नभई दरै समुदायको इतिहास, सामाजिक सम्बन्ध, जीवनशैली र सामूहिक भावनाको अभिव्यक्ति भएको बताउनुभयो । “गीतका शब्दमा प्रकृति, प्रेम, श्रम, कृषि र सामाजिक जीवनका विविध पक्ष समेटिएका हुन्छन्”, उहाँले भन्नुभयो, “समुदायका ज्येष्ठ नागरिकसँग रहेका पुराना चुड्का गीत सङ्कलन गर्ने कामलाई प्रोत्साहन गर्नेछ ।” मौखिक रूपमा पुस्तान्तरण हुँदै आएको सांस्कृतिक सम्पदा लिखित र डिजिटल अभिलेखमा राख्नुपर्ने आवश्यकता महसुस गरिएको नगरप्रमुख न्यौपानेले बताउनुभयो ।

लोपोन्मुख सांस्कृतिक सम्पदाको संरक्षणका लागि बजेट विनियोजन गर्दै आएका उहाँले बताउनुभयो । दरै समुदायका युवाले सामाजिक सञ्जाल र डिजिटल माध्यममार्फत चुड्का नाचको प्रचारप्रसार बढाउन थालेका छन् । संरक्षण अभियानलाई दिगो बनाउन आर्थिक स्रोत, प्रशिक्षण, अनुसन्धान तथा अभिलेखीकरणमा थप लगानी आवश्यक रहेको सरोकारवाला बताउँछन् । विद्यालय तहदेखि स्थानीय पाठ्यक्रममा दरै समुदायको संस्कृति समावेश गर्न सके संरक्षण अभियान अझ प्रभावकारी हुने उनीहरूको सुझाव छ ।

प्रतियोगितामा व्यास–१० स्थित दुम्सी दरै समाज प्रथम, बैरेनी दरै समाज द्वितीय र दुम्सीचौर दरै समाज तृतीय भएका छन् । रु सात हजार, रु पाँच हजार र रु तीन हजार पुरस्कार वितरण गरिएको समाजले जनाएको छ । व्यास–११ स्थित पोल्याङ दरै समाज चौथो र साँखर दरै समाज पाँचौँ भएका छन् ।

नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएकाले यस्ता मौलिक सांस्कृतिक सम्पदाको संरक्षण राष्ट्रिय दायित्वसमेत हो । दरै समुदायले आफ्नो पहिचानसँग जोडिएको चुड्का नाच जोगाउन थालेका प्रयासले सांस्कृतिक विविधताको संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।

चुड्का नाच केवल एउटा नृत्यमात्र होइन, दरै समुदायको इतिहास, पहिचान र अस्तित्वसँग जोडिएको अमूल्य सम्पदा हो । त्यसैले यसको संरक्षणमा समुदाय, स्थानीय सरकार र सम्बन्धित निकायको साझा प्रयास आवश्यक देखिएको छ । रासस