• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन ★   शीतल निवासमा धान रोपाइँ – तस्बिरहरु ★   प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर) ★   गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता ★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह ★   पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा ★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते ★   दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

के तपाई दैनिक भोजन गर्नुहुन्छ ? हुन्छ भने नछुटाई एक पल्ट पढ्नुहोस



काठमाडौं । हामीले शारीरिक र मानसिक रुपमा स्वस्थ र फिट रहन आफ्नो भोजनलाई सन्तुलित बनाउनु जरुरी छ । यी तीन महत्वपूर्ण पोषक तत्व हाम्रो खानामा सामेल गर्न सके मस्तिष्कदेखि रोग प्रतिरोध प्रणालीसम्मलाई स्वस्थ्य र सुदृढ पार्छ।भिटामिन बी.भिटामिन बीले मानसिक क्षमता वृद्धि गर्छ र मुटुको सुरक्षा गर्छ । ८ वटा भिटामिन बीमध्ये बी१२ र फोलेट सबैभन्दा महत्वपूर्ण छन् । भिटामिन ‘बी’ले हामीले खाएको भोजनलाई ऊर्जामा परिणत गर्न सघाउनुका साथै हाम्रो स्नायुतन्त्रको सुरक्षाकवच मानिने ‘माइलिन’ बनाउन आवश्यक पर्छ ।यसले मस्तिष्कका करोडौं ‘न्युरोन’लाई आपसमा सञ्चार गर्न पनि सघाउँछ । भिटामिन बी१२ को कमीले स्मरण शक्ति घट्ने, भ्रम उत्पन्न हुने र डिप्रेसन हुन्छ ।

फोलेट गर्भवतीका लागि महत्वपूर्ण मानिए पनि महिला पुरुष सबैका लागि यो उत्तिकै आवश्यक छ । भ्रुणको विकासमा यसको महत्वपूर्ण भूमिका हुन्छ। सामान्यतया शरीरमा फोलेटले मस्तिष्कघात र मुटुसम्बन्धी रोगको जोखिम बढाउने ‘एमिनो एसिड’को मात्रा बढ्न दिँदैन । फोलेट र भिटामिन बी मुटुका लागि आवश्यक पोषण समूहमा पर्छन्।केमा पाइन्छ भिटामिन बी र फोलेट भिटामिन ‘बी’ त्यस्तो दुर्लभ भिटामिन हो, जुन वनस्पति अर्थात् सागसब्जी, फलफूल वा गेडागुडी कुनैमा पनि पाइँदैन । भिटामिन बी१२ अन्डा, चिज, दूध, दही, माछा र रातो मासुमा पाइन्छ।तर, फोलेट भने हरिया सागसब्जी, कुरिलो, भिटामिन लगायत विभिन्न पोषक तत्व मिसाइएका तयारी खाद्यान्नमा पाइन्छ ।

भिटामिन डी.शरीरका हाड र रोग प्रतिरोध प्रणालीका लागि भिटामिन डी आवश्यक छ । हामीलाई भिटामिन डीको ठ्याक्कै कति मात्रा आवश्यक पर्छ, वैज्ञानिकहरूले बताउन सकेका छैनन् । तर, अधिकांश अध्ययन अनुसन्धानले शरीर स्वस्थ राख्न भिटामिन डी महत्वपूर्ण रहेको देखाएका छन् ।यसले क्याल्सियमलाई सोस्न सक्षम बनाउँछ, र क्याल्सियमले हाड बलियो बनाउँछ । रोग प्रतिरोध प्रणालीको प्रभावकारी कामका लागि पनि भिटामिन डी आवश्यक छ । केही अध्ययनले भिटामिन डीको कमी हुँदा क्रोन्स डिजिज ९पाचन प्रणाली बिग्रने०, ‘युमाटिड आर्थराइटिस’ र ‘मल्टिपल सिरोसिस’जस्ता रोग लाग्न सक्ने देखाएका छन्।

भिटामिन डी पाइने खानेकुरा.भिटामिन डी पनि भोजनबाट पाउन कठिन छ । बरु हाम्रो शरीरले नै भिटामिन डी बनाउँछ तर यसका लागि हामीले हाम्रो छालामा बिहानको मधुरो घाम पार्नुपर्छ । साथै उत्तरी गोलाद्र्धका बासिन्दाले भने अन्डाको पहेँलो भाग, धेरै चिल्लो पाइने माछा ९जस्तै सार्डिन०, पोषक तत्व मिसाइएको दूध, सुन्तलाको रस, अन्न आदिबाट भिटामिन डी लिन सक्छन् । यसबाहेक आवश्यक परे चिकित्सकको परामर्शमा भिटामिन डीको ट्याबलेट खान सकिन्छ।

म्याग्नेसियम.म्याग्नेसियमले निदाउन सघाउनुका साथै दुखाइ घटाउँछ । पछिल्लो समय अनिद्राका रोगीहरू म्याग्नेसियम प्रति हुरुक्क छन् । तर, यसले निद्रा लगाउने औषधिजस्तो खानेबित्तिकै निद्राले लठ्ठ बनाइहाल्दैन । यसले मांसपेशीलाई आराम गर्न सघाउने र मांसपेशीको दुखाइमा आराम दिलाउने भएकाले हिजोआज धावक र कसरत गर्नेहरूबीच निकै लोकप्रिय भएको छ ।यसले हामीलाई जगाइराख्ने मस्तिष्कको हिस्सालाई सुदृढ बनाउँछ । यसले हामीलाई राति निद्रा बिथोल्ने सामान्य एन्जाइटी शान्त पार्न पनि मद्दत गर्छ । म्याग्नेसियमले माइग्रेनको दुखाइ कम गर्ने पनि विभिन्न अध्ययनले देखाएका छन्।

म्याग्नेसियम पाइने खानेकुरा.भोजन सम्बन्धी अधिकांश सर्वेक्षणले अमेरिकीहरूलाई म्याग्नेसियमको कमी भएको देखाएका छन् । यसको कारण भने फाइबर धेरै मात्रामा पाइने सागसब्जी र ब्राउन राइस म्याग्नेसियमको मुख्य स्रोत हुन् र अमेरिकीहरूले भोजनमा यी दुवैको साटो प्रशोधित र डिब्बाबन्द खानेकुरा खान्छन् । पर्याप्त फाइबर र म्याग्नेसियमको पोषण पाउन विभिन्न खालका बिउहरू अझ ९हाडे बदाम, ओखर, फर्सीको बिउ० खानु उपयुक्त हुन्छ ।