४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना

सभामुख अर्यालसँग संयुक्त अरब इमिरेट्सका विदेश व्यापार मन्त्री डा. थानी बिन अहमद अल जेयोउदीको शिष्टाचार भेटवार्ता

सभामुख अर्यालसँग संयुक्त अरब इमिरेट्सका विदेश व्यापार मन्त्री डा. थानी बिन अहमद अल जेयोउदीको शिष्टाचार भेटवार्ता
अ+ अ-

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त अरब इमिरेट्स (यूएई) का विदेश व्यापार मन्त्री महामहिम डा. थानी बिन अहमद अल जेयोउदीले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

भेटका अवसरमा सम्माननीय सभामुख अर्यालले वर्तमान संसद गठन भएपछि यूएईको तर्फबाट भएको यो सबैभन्दा उच्चस्तरीय भ्रमण रहेको उल्लेख गर्दै यस भ्रमणले नेपाल–यूएई सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने र सहकार्यका नयाँ आयामहरू खुल्ने विश्वास व्यक्त गर्नुभयो।

उहाँले नेपाल र संयुक्त अरब इमिरेट्सबीच सन् १९७७ को जनवरीमा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मित्रता, सहयोग, पारस्परिक विश्वास र समझदारीमा आधारित असल र मैत्रीपूर्ण सम्बन्ध कायम रहँदै आएको बताउनुभयो। साथै, दुवै मुलुकले सन् २०२७ मा कूटनीतिक सम्बन्ध स्थापनाको स्वर्ण जयन्ती मनाउन लागेकाले यस अवसरलाई स्मरणीय, अर्थपूर्ण र उपलब्धिमूलक बनाउन नेपाल उत्सुक रहेको र त्यस दिशामा रचनात्मक सहकार्यको अपेक्षा गरेको उल्लेख गर्नुभयो।

सभामुख अर्यालले संघीय प्रतिनिधि सभाले हालै यूएईसँग संसदीय मैत्री समूह गठन गरेको जानकारी गराउँदै यसले दुवै देशका संसदहरूबीच भ्रमण, विचार, अनुभव तथा असल अभ्यासको आदानप्रदानमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। साथै, यूएईको संघीय राष्ट्रिय परिषद्को तर्फबाट पनि संसदीय मैत्री समूह गठन भएमा द्विपक्षीय सम्बन्ध अझ सुदृढ हुने धारणा राख्नुभयो।

उहाँले श्रम आप्रवासनको क्षेत्रमा संयुक्त अरब इमिरेट्सलाई नेपालले एक विश्वसनीय र भरपर्दो साझेदारका रूपमा उच्च मूल्याङ्कन गरेको बताउँदै करिब सात लाख नेपाली नागरिक यूएईमा विभिन्न क्षेत्रमा कार्यरत रहेको र उनीहरूले पठाउने रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्नुभयो।
भेटमा सभामुख अर्यालले यूएईलाई नेपालको एक प्रमुख व्यापारिक साझेदारका रूपमा उल्लेख गर्दै व्यापार असन्तुलन न्यूनीकरण, द्विपक्षीय व्यापार र वाणिज्य विस्तार तथा लगानी प्रवर्द्धनमा नेपाल प्रतिबद्ध रहेको बताउनुभयो। पर्यटनका क्षेत्रमा सहकार्यको सम्भावनाबारे चर्चा गर्दै सभामुख अर्यालले नेपालका हिमाल, सांस्कृतिक सम्पदा र आतिथ्य क्षेत्रले यूएईका लगानीकर्ता तथा पर्यटकका लागि उत्कृष्ट अवसरहरू प्रदान गर्ने बताउनुभयो।

सभामुख अर्यालले फ्लाई दुबईले आगामी सेप्टेम्बर २३ देखि पोखरा–दुबई–पोखरा रुटमा सिधा दैनिक उडान सञ्चालन गर्न स्वीकृति पाएकोमा खुशी व्यक्त गर्दै यसले पोखराबाट नियमित अन्तर्राष्ट्रिय हवाई सम्पर्क स्थापना गर्ने दिशामा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। साथै, यूएईका पर्यटकहरूलाई नेपाल भ्रमणका लागि प्रोत्साहित गर्न आग्रह गर्नुभयो।

उहाँले यूएईमा दर्ता भएका हवाई सेवा कम्पनीहरूलाई भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सञ्चालन गर्दा अन्य विविध सहुलियतका अतिरिक्त ‘फिफ्थ फ्रिडम राइट्स’ समेत उपलब्ध गराउने नेपाल सरकारको निर्णयबारे जानकारी गराउँदै उक्त अवसरको उपयोग गर्न यूएईका हवाई सेवा कम्पनीहरूलाई प्रोत्साहित गरिदिन अनुरोध गर्नुभयो।

सभामुख अर्यालले शिक्षा, विज्ञान तथा नवप्रवर्तन, युवा तथा खेलकुद र सांस्कृतिक आदानप्रदानका क्षेत्रमा सहकार्य विस्तार गर्न नेपाल इच्छुक रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रियस्तरको फुटबल वा क्रिकेट रंगशाला निर्माणमा यूएईको सहयोग र सहकार्यको अपेक्षा व्यक्त गर्नुभयो।
त्यसैगरी, संयुक्त राष्ट्रसंघ, असंलग्न आन्दोलन, जी–७७, एसिया सहयोग संवाद, अबुधाबी डायलग तथा विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाल र यूएईबीचको सहकार्य पारस्परिक हितका आधारमा भविष्यमा पनि निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो।

भेटका क्रममा यूएईका विदेश व्यापार मन्त्री डा. थानी बिन अहमद अल जेयोउदीले नयाँ सरकार गठनपछि नेपालमा आफ्नो पहिलो भ्रमण रहेको उल्लेख गर्दै यस भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि यूएई सरकार सकारात्मक रहेको र प्रविधि, पूर्वाधार, शिक्षा लगायतका क्षेत्रमा लगानी विस्तार गर्न इच्छुक रहेको बताउनुभयो।

मन्त्री अल जेयोउदीले यूएईको विकासमा नेपाली श्रमिकहरूले पुर्‍याएको योगदानको प्रशंसा गर्दै नेपाल–यूएई सम्बन्धलाई थप उचाइमा पुर्‍याउन दुवै देशबीचको सहकार्य अझ विस्तार गरिने विश्वास व्यक्त गर्नुभयो। उक्त अवसरमा मन्त्री अल जेयोउदीसँग १८ सदस्यीय प्रतिनिधिमण्डलको सहभागिता रहेको थियो।