९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

मधेस प्रदेशमा गहुँ उत्पादनमा कमी

मधेस प्रदेशमा गहुँ उत्पादनमा कमी
फाइल फोटो
अ अ+ अ-

जनकपुरधाम। गहुँ उत्पादनका लागि उर्वर र अग्रणी मानिएको मधेस प्रदेशमा यस वर्ष गहुँ उत्पादनमा कमी आएको छ ।

मधेस प्रदेश कृषि निर्देशनालय नक्टाझिज धनुषाका अनुसार यस वर्ष मधेस प्रदेशमा तीन लाख ७३२ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १.८ मेट्रिक टनका दरले पाँच लाख ४३ हजार १६० मेट्रिक टन गहुँ उत्पादन भएको छ ।

अघिल्लो वर्ष मधेस प्रदेशमा एक लाख ७८ हजार ४३३ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ३.३७ मेट्रिक टनका दरले सात लाख ३१ हजार मेट्रिक टन गहुँ उत्पादन भएको थियो ।

यस वर्ष सबैभन्दा बढी धनुषामा ३३ हजार ५०० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर २.९४ मेट्रिक टनका दरले ९८ हजार ४९० मेट्रिक टन गहुँ उत्पादन भएको मधेस प्रदेश कृषि निर्देशनालयका बागबानी विकास अधिकृत किरण विश्वकर्माले जानकारी दिनुभयो ।

बागबानी विकास अधिकृत विश्वकर्माका अनुसार रौतहटमा १७ हजार २९२ हेक्टरमा प्रतिहेक्टर ३.०५ मेट्रिक टनका दरले ५२ हजार ७४१ मेट्रिक टन, सर्लाहीमा २७ हजार ४०० हेक्टरमा प्रतिहेक्टर २.५४ मेट्रिक टनका दरले ६९ हजार ५९६ मेट्रिक टन र महोत्तरीमा २७ हजार हेक्टरमा प्रतिहेक्टर २.६ मेट्रिक टनका दरले ७२ हजार ८०० मेट्रिक टन गहुँ उत्पादन भएको छ ।

त्यसैगरी सप्तरीमा २९ हजार ४०० हेक्टरमा प्रतिहेक्टर २.८ मेट्रिक टनका दरले ८२ हजार ३२० मेट्रिक टन, बारामा २९ हजार हेक्टरमा प्रतिहेक्टर २.४८ मेट्रिक टनका दरले ७१ हजार ९२० मेट्रिक टन, पर्सामा २३ हजार २० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर २.६ मेट्रिक टनका दरले ५९ हजार ८५२ मेट्रिक टन र सिरहामा १४ हजार १७६.४८ हेक्टरमा प्रतिहेक्टर २.५१ मेट्रिक टनका दरले ३५ हजार ४४१ मेट्रिक टन गहुँ उत्पादन भएको अधिकृत विश्वकर्माले बताउनुभयो ।

प्रतिकूल मौसम, रोग कीराको प्रकोप र सिँचाइ तथा गुणस्तरीय बीउबिजनको अभावका कारण यस वर्ष गहुँ उत्पादनमा ह्रास आएको मधेस प्रदेश कृषि निर्देशनालयका निर्देशक जितेन्द्र यादवले बताउनुभयो । रासस