८ भाद्र २०८३, सोमबार
,
Latest
मेरिकी सांगीतिक दूत जेसिका लीन काठमाडौंमा, नेपाली संगीतकर्मीसँग व्यावसायिक आदानप्रदान प्रशासन जागिर हो%LS हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति गोसाइँकुण्ड मेला तयारी पूरा, निर्धक्क भएर यात्रा गर्न अनुरोध पोखरा–जोमसोम हवाई उडान पुनः सुरु अरनिको राजमार्गको कोदारी खण्ड एक महिनापछि सञ्चालनमा, लिपिङमा पहिरो पन्छाउने कार्य अन्तिम चरणमा पार्टीको आन्तरिक मामिलामा अदालत प्रवेश गर्दैनः अर्जुननरसिंह केसी सरकार शान्ति सुरक्षाको मामिलामा लाचार देखियोः उपनेता अर्याल स्वीस सरकारबाट नेपालको टिभेट सुधारमा निरन्तर सहयोगको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मान्छेको मृत्यु हुनु अघि देखिन्छन् यस्ता संकेतहरु, जान्नुहोस् के-के हुन् ?



अ+ अ-

काठमाडौं । शरीर अचानक पहेँलो वा सेतो देखिन थाल्यो र त्यसमाथि रातो रंग देखियो भने सम्झनु पर्छ उक्त मानिसको मृत्यु नजिकै आइसकेको छ । यस्तो संकेत देखिन थालिएको ६ महिनाभित्रै मानिसको मृत्यु हुने ग्रन्थमा उल्लेख छ ।

– कोही मानिसले पानी, तेल र ऐनामा आफ्नो आकृती देख्न छोड्यो भने पनि उक्त मानिसको मृत्यु नजिक आइसकेको मान्नु पर्छ ।

– यदि कुनै व्यक्तिले आफ्नै छायाँमा छुट्टै देख्ने तथा छायाँमा आफ्नो देख्दैन भने सम्झनुपर्छ एक महिनाभित्रै उनको मृत्यु हुनेवाला छ ।

– यदि कुनै व्यक्तिले अचानक चारैतिर कालो देख्न थाल्यो भने त्यो उसको मृत्यु नजिक आइसकेको संकेत हो ।

– यदि अचानक कुनै व्यक्तिको बायाँ हात लगातार एक हप्तासम्म फरफर्राउँछ भने पनि सम्झनुपर्छ कि ति व्यक्तिको मृत्यु नजिक आइसकेको छ ।

– मुख, जिब्रो, कान, आँखा, नाक पत्थर जस्तो देखिन थाल्यो भने मृत्यु नजिक आइसकेको संकेत भनेर बुझ्नुपर्छ ।

– यदि कोही मानिसले चन्द्र ,सुर्य र आगोबाट उत्पन्न प्रकाश देख्न सकेनन् भने पनि सम्झनुपर्छ कि ति व्यक्तिको मृत्यु निकट छ ।

– जिब्रो अचानक फूल्नु (सुन्निनु) पनि मृत्युको संकेत हो ।

– यदि कुनै व्यक्तिले निलो आकाशलाई रातो देख्न थाल्यो भने पनि उसको मृत्यु निकट छ भनेर बुझ्दा हुन्छ ।

– यदि कुनै व्यक्ति गएको ठाउँमा काग र गिद्धहरु घुमिरहन्छन्, अथवा ती व्यक्ति भएको माथिबाट तीनभन्दा बढी गिद्ध एकसाथ उड्छन् भने पनि बुझ्नुपर्छ कि अब उनको मृत्यु हुनेवाला छ ।