१ पुष २०८२, मंगलवार
,
Latest
नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने रेडपाण्डा म्याराथनः पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट जेनजी सुशासन योद्धा: भट्ट परिवारको सहारा, कान्छो ढल्यो… भृकुटीमण्डपमा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन (तस्बिरहरु) वैदेशिक रोजगारमा हुने ठगी रोक्न श्रम मन्त्रालयले ‘हेल्प टु हेल्प १० सेल’ सञ्चालनमा ल्याउने सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा बिलबिजक नभएको सामानसहित पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मान्छेको मृत्यु हुनु अघि देखिन्छन् यस्ता संकेतहरु, जान्नुहोस् के-के हुन् ?



अ+ अ-

काठमाडौं । शरीर अचानक पहेँलो वा सेतो देखिन थाल्यो र त्यसमाथि रातो रंग देखियो भने सम्झनु पर्छ उक्त मानिसको मृत्यु नजिकै आइसकेको छ । यस्तो संकेत देखिन थालिएको ६ महिनाभित्रै मानिसको मृत्यु हुने ग्रन्थमा उल्लेख छ ।

– कोही मानिसले पानी, तेल र ऐनामा आफ्नो आकृती देख्न छोड्यो भने पनि उक्त मानिसको मृत्यु नजिक आइसकेको मान्नु पर्छ ।

– यदि कुनै व्यक्तिले आफ्नै छायाँमा छुट्टै देख्ने तथा छायाँमा आफ्नो देख्दैन भने सम्झनुपर्छ एक महिनाभित्रै उनको मृत्यु हुनेवाला छ ।

– यदि कुनै व्यक्तिले अचानक चारैतिर कालो देख्न थाल्यो भने त्यो उसको मृत्यु नजिक आइसकेको संकेत हो ।

– यदि अचानक कुनै व्यक्तिको बायाँ हात लगातार एक हप्तासम्म फरफर्राउँछ भने पनि सम्झनुपर्छ कि ति व्यक्तिको मृत्यु नजिक आइसकेको छ ।

– मुख, जिब्रो, कान, आँखा, नाक पत्थर जस्तो देखिन थाल्यो भने मृत्यु नजिक आइसकेको संकेत भनेर बुझ्नुपर्छ ।

– यदि कोही मानिसले चन्द्र ,सुर्य र आगोबाट उत्पन्न प्रकाश देख्न सकेनन् भने पनि सम्झनुपर्छ कि ति व्यक्तिको मृत्यु निकट छ ।

– जिब्रो अचानक फूल्नु (सुन्निनु) पनि मृत्युको संकेत हो ।

– यदि कुनै व्यक्तिले निलो आकाशलाई रातो देख्न थाल्यो भने पनि उसको मृत्यु निकट छ भनेर बुझ्दा हुन्छ ।

– यदि कुनै व्यक्ति गएको ठाउँमा काग र गिद्धहरु घुमिरहन्छन्, अथवा ती व्यक्ति भएको माथिबाट तीनभन्दा बढी गिद्ध एकसाथ उड्छन् भने पनि बुझ्नुपर्छ कि अब उनको मृत्यु हुनेवाला छ ।