१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि

प्रधानमन्त्री देउवाले भन्नुभयो–’कसैको चित्त नदुखाउनु’

प्रधानमन्त्री देउवाले भन्नुभयो–’कसैको चित्त नदुखाउनु’
अ अ+ अ-

काठमाडाैं । अघिल्लो संसदीय निर्वाचनमा नेपालका कम्युनिष्ट पार्टीहरुले चुनावी मोर्चा बनाए र चुनावमा गए । जसको फलस्वरुप नेकपाको स्पष्ट बहुमत आयो, कांग्रेसको हार भयो । तर लोकप्रिय मतमा भने कांग्रेस धेरै तल झरेको थिएन, बरु बढेको थियो । खासमा नेकपा एमाले र माओवादी मिलेका कारण नै कांग्रेसका सिट धेरै नआएका थिए । जुनकुरा कांग्रेसका सबैले बुझेका थिए । 

तर यो बुझेर पनि कांग्रेसको त्यस समय पौडेल पक्ष भनिएका नेताहरुले आक्रमण भने सभापति शेरबहादुर देउवामाथि नै गरे । पौडेल तथा कोइरालाहरुले मञ्च पायो कि पार्टीको यो हालत बनाउने देउवाले नैतिकताका आधारमा पार्टी सभापतिबाट राजीनामा दिनुपर्छ भन्ने गर्दथे । पार्टीले हारेकामा उनीहरु सबै देउवामाथि नै खनिएका थिए । तर उनीहरु ३० भन्दा बढी ठाउँमा बागी उम्मेदबार उठ्दा त्यसले कांग्रेसलाई भएको घाटाको पनि विश्लेषण भने गर्दैनथे । उता केपी ओली र प्रचण्डहरुले कांग्रेस कहाँ छ भनेर होच्याउँदै सार्वजनिक अभिव्यक्ति दिइरहँदा पनि पौडेल पक्षका नेताहरुले त्यसको प्रतिरक्षा गर्दैनथे बरु त्यसैमाथि थपेर देउवामाथि नै जाइलाग्थे । 

तर देउवाले कसैप्रति रिस पोख्नुभएन । उहाँको एकमात्र भनाई थियो– कांग्रेसको भोट घटेको होइन, कम्युनिष्टहरु एकभएर चुनावमा गएकाले सिट संख्या मात्र घटेको हो र त्यो अर्काे चुनावसम्म हामी रिकभर गर्छौं । उहाँमाथि खनिने कांग्रेसका नेताहरुलाई उहाँको जवाफ यही हुन्थ्यो । अनि खोइ कांग्रेस कहाँ छ भनी सार्वजनिक सभाबाट भाषणमार्फत् खोज्ने कम्युनिष्ट नेताहरुलाई पनि उहाँले त्यस्तो कुनै कटु जवाफ दिनुभएन । ठिक छ हामी अर्काे चुनावमा देखाउँला मात्र भन्नुभयो । उहाँले सरकारको पनि खासै आलोचना गर्नुभएन । उहाँको भनाई थियो– अहिले नै नेकपा सरकारको आलोचना गर्ने बेला भएको छैन, उनीहरुलाई काम गर्न दिनुपर्छ, विपक्षीले गर्दा काम गर्न पाइएन भन्ने ठाउँ दिनुहुँदैन । उहाँले गरेको आलोचना यतिमात्र हो– देशमा कम्युनिष्ट सरकार आयो भने न हास्न पाइन्छ नत रुन नै । अनि उहाँको यो टिप्पणी पनि निर्वाचन अघिकै थियो । 

प्रतिपक्षीको असहयोग नरहे पनि सरकारले नै काम गर्न सकेन । सरकारले वर्षदिन ननाघ्दै केपी ओली, प्रचण्ड र माधवबीच नै बढ्यो असहमति । सत्तालाई घेरामा पार्ने दाउमा देखिए नेपाल र प्रचण्ड । जसको तारो ओली मात्र बनेनन् नेकपा नै बन्यो । अन्ततः नेकपा फुट्यो र त्यसबाट ओलीइतरको समूह बाहिरियो । यो उनीहरुको आफ्नै कारणले थियो, त्यसमा प्रतिपक्षी कांग्रेसको कुनै भूमिका थिएन । नेकपा फुटाउनुपर्छ र आफू सत्तामा पुग्नुपर्छ भनेर कांग्रेस लागेको होइन, जति प्रचण्ड, नेपालहरु लगे । 

दुई तिहाइ बहुमत नजिकको नेकपाको सरकार धरापमा परेपछि भने प्रमुख प्रतिपक्षी कांग्रेसको सक्रियता स्वाभाविकै थियो । यो सक्रियताले सत्ताको भाग खोजेको भने थिएन । ओली सरकार ढलेपछि पनि आफू प्रधानमन्त्री बन्ने दाउमा देउवा हुनुहुन्थ्यो । उहाँले अन्तिम समयसम्म पनि आफू सरकारको नेतृत्वका लागि तयार नरहेको सन्देश प्रचण्ड र माधव नेपाललाई दिनुभएको थियो । तर पनि आफूहरु अब ओलीसँग सत्तामा बस्न नसक्ने र ओली सरकार अल्पमतमा परेपछि त्यसको नेतृत्व प्रमुख प्रतिपक्षी दलले लिनुपर्ने अडानमा प्रचण्ड रहेपछि भने देउवा बाध्य हुनुभएको थियो र समयको माग अनुकुल उहाँ प्रधानमन्त्री पनि बन्नुभयो । 

उहाँ सत्तामा आएपछिका ओलीका आलोचनाहरुको जवाफ देउवाले दिनुभएको छैन । उहाँ आक्रामक पनि हुनुभएन । मात्र भन्नुभयो– यो पाँच वर्ष नेपाली जनताले नेकपालाई नै सत्ता चलाउने अधिकार दिएका हुन्, हामी प्रतिपक्षी नै हौँ । तर नेकपाले आफ्नै कारणले देश चलाउन नसकेपछि नेपाली जनताले नै देशमा कांग्रेसको नेतृत्व खोजेका हुन् । त्यसैले मैले सरकारको नेतृत्व गर्नुपरेको हो । पार्टी फुटेपछि एमाले र माओवादी र नवगठित दल नेकपा एसका नेताहरुबीच देशव्यापी रुपमा नै एक किसीमले भन्ने हो भने गोली गलौज नै भयो । तर त्यसमा देउवा कतै मिसिनुभएन । उहाँले कसैको आलोचना पनि गर्नुभएन र आफू सत्तामा पुगेको दम्भ पनि देखाउनुभएन । 

अनि उहाँलाई सुरु भयो पार्टीको महाधिवेशन सारेको आरोप । देउवाले कारोना महामारीले गर्दा महाधिवेशन सारेको भनिरहँदा पनि आफूले सभापतिमा निर्वाचन हार्ने भएपछि महाधिवेशन सारेको आरोप उहाँमाथि लाग्यो । महाधिवेशनको मिति तोकियो र तयारी सुरु भयो । उहाँमाथि निकै नै घेराबन्दी भयो । देउवालाई सभापतिमा हराउनका लागि देउवाबाहेकका अरु सबै नेता एकै ठाउँमा उभिए । देउवा इतरका कांग्रेसका नेताहरुबाट उहाँमाथि अनेक आरोप सार्वजनिक भाषण थालियो । यहाँसम्म कि उहाँको गृहजिल्ला डडेल्धुरा पुगेरै शेखर कोइराला, अर्जुननरसिंह केसीहरुले देउवालाई तानाशाहीको आरोप समेत लगाए । प्रहरी लगाएर जिल्ला अधिवेशन गरेको समेत भने । तर पनि देउवाले त्यसको प्रतिकार गर्नुभएन । बरु कांग्रेस पार्टीको महाधिवेशन पनि देशमा प्रजातान्त्रिक प्रक्रियाको एक मोडल भएकाले सबै कांग्रेसीजनलाई महाधिवेशनमा मतदानमा भाग लिन आग्रह मात्र गर्नुभयो । आफूमाथि आरोप लगाउने आफ्नै पार्टीका नेताहरुलाई उहाँले कुनै जवाफ दिनुभएन । फलस्वरुप देशव्यापी रुपमा शान्तिपूर्ण र प्रजातान्त्रिक प्रक्रिया अपनाएर कांग्रेस महाधिवेशन भयो र उहाँ सभापति विजयी मात्र हुनुभएन केन्द्रीय समितिमा उहाँको पक्षको दुइ तिहाई भन्दा बढी उपस्थिति आयो । 

एमसिसीको खड्गो पनि प्रधानमन्त्री देउवाले नबोलिकनै पार लगाउनुभयो । सत्तारुढ दलहरु नै एमसिसीका पक्षमा नदेखिएपछि उहाँमाथि चुनौती आइलाग्यो । त्यसपछि कूटनीति र राजनीति दुवै चलाएका देउवाले अन्ततः एमसिसी पास गराएरै छोड्नुभयो । यसका उहाँले कसैलाई सार्वजनिक रुपमा तिक्तता पोख्नुभएन । ओली र प्रचण्डका जुहारी त यतिबेला पनि बाहिर आएकै थिए । तर देउवाले कसैलाई केही दोष दिनुभएन, सार्वजनिक रुपमा कसको गल्ती भन्ने प्रतिस्पर्धा पनि चलाउनुभएन । सम्वादलाई तीब्रता दिनुभयो, नेताहरुका घरघरमा पुग्नुभयो र सहयोगको याचना गर्नुभयो । अन्ततः यो पास पनि भयो । यसमा उहाँको अडानको सबैले प्रसंशा नै गरे । किनभने कांग्रेस हिजो प्रतिपक्षमा रहँदा पनि पार्टी सभापतिका हैसियतले उहाँले यदि एमालेले संसदमा एमसिसी पेश गर्यो भने त्यसका पक्षमा मत हाल्ने मात्र भन्नुभएन, संसदमा एमसिसी पेश गर्न नै आग्रह गर्नुभयो । कांग्रेस सत्तामा हुँदा र बाहिर हुँदा पनि एउटै अडान देखिएकामा धेरैले कांग्रेसको अडानलाई मानेका थिए । एमालेले भने अहिले प्रतिपक्षमा रहेकाले यस विषयमा आफ्नो कुनै धारणा नरहने बताएको थियो । यसरी पार्टी सभापति देउवाले पार्टीका केही सारथीहरुको सहयोगमा यो एजेण्डा पनि सत्तारुढ दलहरुकै सहयोगमा बडो कुशलतापूर्वक पार लगाउन सफल हुनुभयो ।

हिजो पर्सा जिल्ला पुग्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले जिल्लाका नेता तथा कार्यकर्तालाई भन्नुभयो– कसैको चित्त नदुखाउनु । उहाँको आसय वर्तमान सत्तारुढ गठबन्धन दलका अन्य नेता तथा सत्तारुढ दलप्रति लक्षित गरेर यस्ता कुनै अभिव्यक्ति नदिनु भन्ने थियो । प्रसंग थियो– आगामी निर्वाचनमा गठबन्धनसहित जाने कि कांग्रेस एक्लै ? यो बहस यतिखेर कांग्रेसको कोइराला समूहमा व्यापक सुनिन्छ । सो समूहका नेताहरुले यतिखेर माओवादी नेकपा एससहितको गठबन्धनलाई बोकेर नभई एक्लै चुनावमा जाने चर्चा चलाइरहेका छन् । त्यसैलाई लक्षित गरी प्रधानमन्त्रीले ती दलको या कसैको पनि चित्त नदुखाउनु भन्नुुभएको थियो । 

प्रधानमन्त्रीले आगामी निर्वाचनमा कसैको पनि स्पष्ट बहुमत आउने संकेत नदेखिएको भन्दै गठबन्धनलाई निरन्तरता दिन पनि सकिने धारणा राख्नुभएको छ । तर यस विषयमा छलफल भने जारी नै रहेको उहाँको भनाई थियो । उहाँको यो अभिव्यक्तिले देशमा चुनाव लागेको संकेत पक्कै गर्दछ । त्यसो त उहाँको अभिव्यक्ति कसैलाई कटु आलोचना गर्ने प्रकारको हुदैन पनि । यसमा पनि उहाँले अहिले नै कसैको चित्त नदुखाउनु भनेर किन भन्नुभयो भने चुनावसम्म कांग्रेसले गठबन्धनसँग सहकार्य गर्न पनि सक्दछ । भोलिको परिदृश्यलाई लक्ष्य गरेर नै उहाँले यो घोषणा गर्नुभएको हुनसक्छ । त्यसैले उहाँको यो अभिव्यक्तिबाट मुलुक चुनावमा होमिएको अनुमान सहजै गर्न सकिन्छ । 

त्यसो त आगामी चुनामा कांग्रेसले गठबन्धनसँग सहकार्य गर्ने कि नगर्ने भन्ने विषयको बहस चलेकै महिनौँ भैसक्यो । तर यतिचाँडै यो बहस थाल्नु आवश्यक नभए पनि प्रचण्ड माधवहरुलाई मनको बाघले खाएकाले यो बहसको थालनी पहिल्यैदेखि भएको हो । तर उनीहरुका बहसप्रति कांग्रेसका नेताहरुले नै प्रतिक्रिया दिँदै कांग्रेसले उनीहरुसँग सहकार्य गर्न नहुने भनी वादविवाद भएपछि प्रधानमन्त्रीले मुख खोल्नुभएको हुनसक्छ । त्यसैले उहाँले भन्नुभयो– अहिले नै वादविवाद नगर्नु, कसैको चित्त नदुखाउनु, हामी सहकार्य गर्नुपर्ने पनि हुनसक्छ । 

प्रधानमन्त्रीले पार्टीलाई पहिलेकै अवस्थामा पुर्याउने प्रण गर्नुभएको छ । यसअघिको संसदको निर्वाचनमा कांग्रेसले हारेपछि उहाँले अहिले यस्तै भयो अब अर्काे चुनावमा देखाइदिने भन्ने प्रण गर्नुभएको थियो । सायद बिहीबारको बिरगञ्जको प्रस्तुति पनि यसैप्रति केन्द्रित हुनसक्छ । पार्टीभित्र धेरै नबोल्ने अर्थात् भाषण नगर्ने काम गर्ने व्यक्तिकारुपमा पहिचान बनाएका देउवाले आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउने अठोट लिइसकेका उहाँले बीरगञ्जबाट चुनावी भाषण थाल्नुभएको भनेर बुझ्दा हुन्छ । कांग्रेसीजनहरु बाहिर जे बोले पनि सभापतिको यो अठोटलाई साथ दिनुको विकल्प देखिँदैन ।