९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो

लेबनानमा इजरायली आक्रमण रोक्न इरानले अमेरिकासँगको वार्तामा विशेष जोड दिने

लेबनानमा इजरायली आक्रमण रोक्न इरानले अमेरिकासँगको वार्तामा विशेष जोड दिने
अ अ+ अ-

तेहरान। इजरायल र लेबनानको सशस्त्र समूह हिजबुल्लाहबीचको चलिरहेको द्वन्द्व स्विट्जरल्याण्डमा अमेरिकासँग हुने वार्ताको मुख्य छलफलको बिषय हुने इरानले आइतबार जनाएको छ । इरानको रोक्का कोष र देशको तेल बिक्रीजस्ता विषयहरू पनि वार्तामा छलफलका बिषय हुनेछन् ।

“यहुदी प्रशासनले लेबनानमा आफ्नो प्रतिबद्धता उल्लङ्घन गरिरहेको छ, यो विषय आजको वार्ताको मुख्य विषय हुनेछ,” विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले इरानी समाचार संस्था (इर्ना) द्वारा सम्प्रेषित एक भिडियोमा बताउनुभएको छ ।

तेहरानले वाशिङ्गटनसँग फेब्रुअरी २८ मा अमेरिका–इजरायली हमलापछि सुरु भएको र महिनौंदेखि चलेको द्वन्द्व समाप्त गर्न गत बिहीबार अमेरिकासँग एक समझदारीपत्रमा सम्झौता गरेको थियो । सम्झौताअनुसार, लेबनानमा इजरायल–हिजबुल्लाह द्वन्द्व पनि रोकिने सहमति भएको थियो ।

इरानको सेनाले शनिबार लेबनानमा इजरायली हमलाहरू जारी रहेको कारणले उसले फेरि हर्मुज जलडमरू बन्द गरेको घोषणा गरेको छ ।

शनिबार साँझपछि लेबनानमा कुनै नयाँ आक्रमण भएको रिपोर्ट आएको छैन र बघाईले शनिबारदेखि लेबनानमा ‘युद्धविराम’ जारी भएको बताउनुभयो ।

समझदारी पत्रमा उल्लेख भएअनुसार अमेरिका र इरान लेबनानमा इजरायल–हिजबुल्लाह द्वन्द्व पनि रोक्न सहमत भएको तेहरानको दावी छ ।

उहाँले थप्नुभयो, “तेहरानले आफ्नो रोक्का तथा पहुँचयोग्य नभएका कोषहरूको विषयलाई पनि वार्तामा अघि बढाउनेछ ।”

“इरानको रोक्का वा प्रतिबन्धित सम्पत्तिहरू उपलब्ध गराउने विषय, साथै इरानी तेल बिक्रीका लागि आवश्यक अनुमति पत्र (लाइसेन्स) जारी गर्ने सम्बन्धित छलफल पनि छलफलको बिषयमा रहनेछ,” हाल वार्ताको तयारीमा स्विट्जरल्याण्ड रहनुभएका बघाईले बताउनुभयो ।

इरानले आफ्नो रोक्का सम्पत्तिको आधिकारिक तथ्याङ्क खुलासा गरेको छैन, तर मिडिया रिपोर्टहरूले इरानको रोक्का रकम १०० अर्ब डलरभन्दा बढी रहेको अनुमान गरेका छन्, जसमध्ये धेरैजसो सन् १९७९ को इस्लामिक क्रान्तिपछि रोक्का गरिएको थियो । इस्लामिक क्रान्तिले अमेरिका समर्थित तत्कालिन शासक अल रेजा पहलवीलाई सत्ताबाट हटाएको थियो।

बघाईका अनुसार, इरानी प्रतिनिधिमण्डलले पाकिस्तान र कतार मध्यस्थकर्ताको रूपमा रहेको ‘चार पक्षीय बैठक’ मा अमेरिकी प्रतिनिधिमण्डलसँग भेट्नेछ । (रासस/एएफपी)