२५ श्रावण २०८३, सोमबार
,
Latest
झापामा एक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र हङकङमा गर्मीको नयाँ कीर्तिमानः तापक्रम ३६.९ डिग्री सेल्सियस पुग्यो प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतलाई भेट्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु रूसी आधारहरूको भविष्यबारे मस्कोसँग सम्झौता गरेको सिरियाको दाबी ढोरपाटनको सडक सहज बनाउन मन्त्री लम्सालको जोड सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापति लामिछानेले भनेः देश रास्वपाको नेतृत्वमा सुरक्षित छ



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश रास्वपाको नेतृत्वमा सुरक्षित रहेको दाबी गरेका छन्।

चितवनमा सुरु भएको रास्वपाको पहिलो महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले अन्य दलका नेताहरूप्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन्।

“देश रास्वपाको हातमा छ, देश सुरक्षित छ,” लामिछानेले भने, “बदलिएको परिस्थितिले हामीलाई सबैभन्दा शक्तिशाली पार्टी बनाएको छ।”

उनले शक्तिशाली हुनुको अर्थ दम्भ वा प्रतिशोध नभएको स्पष्ट गर्दै रास्वपा नागरिकप्रति जिम्मेवार भएर अघि बढ्ने बताएका थिए। साथै उनले लोकतन्त्रका स्थायी मान्यता, संविधान र मानवअधिकारको संरक्षण गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको उल्लेख गरे।

लामिछानेले अन्य राजनीतिक दलका नेताहरूलाई पनि ढुक्क भएर अघि बढ्न आग्रह गरेका थिए।