६ श्रावण २०८३, बुधबार
,
Latest
वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल,आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु प्रधानमन्त्री भेटेपछि हस्तकला महासंघका अध्यक्ष भन्छन्, ‘हस्तकला विकास बोर्ड गठनको अवधारणा अघि बढ्यो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार एक्सप्रेस वेमा दौडिरहेको गाडीजस्तै हो, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छः प्रधानमन्त्री शाह



अ+ अ-

काठमाडाैँ । चितवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा रास्वपाका वरिष्ठ नेता बालेन शाहले सरकार सञ्चालन शैलीबारे उठेका प्रश्नहरूको आफ्नै शैलीमा जवाफ दिएका छन्।

कार्यक्रममा बोल्दै उनले आफ्नो नेतृत्वको सरकारको यात्रा “एक्सप्रेस वेमा दौडिरहेको गाडी” जस्तै भएको टिप्पणी गरे। उनका अनुसार सरकारको उद्देश्य स्पष्ट छ र गन्तव्यमा पुगेपछि मात्रै विश्राम लिने योजना रहेको छ।

सम्बोधनको सुरुमा उनले ‘नमस्ते’ गर्दै हल्का ठट्टाको शैलीमा “नबोलौँ भन्छु, बोल्ने दिन आइहाल्छ” भन्दै प्रतिनिधि तथा अतिथिहरूलाई सम्बोधन गरेका थिए। उनले नयाँ राजनीतिक शक्तिहरूको उदय सानो महत्वाकांक्षा र देश परिवर्तनको तीव्र चाहनाका कारण सम्भव भएको बताए।

रास्वपाका सभापति रबि लामिछाने लगायतको उपस्थितिमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीलाई संस्थागत र सुदृढ बनाउनु अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गरे।

विभिन्न दलका नेताहरूले सरकार सञ्चालनमा ‘एक्सेलेटरसँगै ब्रेक पनि आवश्यक हुन्छ’ भन्ने सुझावप्रति प्रतिक्रिया दिँदै शाहले भने, “त्यस्तो चिन्ता लोकल रोडमा हिँड्दा मात्रै हुन्छ, हामी एक्सप्रेस वेमा छौं, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छ।”

उनले नयाँ पुस्तामा देखिएको परिवर्तनको हुटहुटीलाई कसैले रोक्न नसक्ने दाबी गर्दै रास्वपाले देशको समृद्धिका लागि दृढ भएर अघि बढ्नुपर्नेमा जोड दिए।




भर्खरै