३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

राजधानीमा ट्याक्सी चालकले कन्डम राख्न थालेपछि…

राजधानीमा ट्याक्सी चालकले कन्डम राख्न थालेपछि…
अ+ अ-

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा ट्याक्सी चालकहरूले कन्डम राख्न थालेका छन् ।

फर्स्ट एड बक्समा उनीहरूले डिटोल, प्यारासिटामोल ट्याबलेट, ब्यान्डेज र कन्डम राख्न थालेका हुन् । नराखेमा ट्राफिक प्रहरीले पुर्जी काट्न सक्ने उनीहरू ठान्छन् । दिल्लीको सर्वोदय ड्राइभर एसोसिएसनका अध्यक्ष कमलजीत गिलले भने, ‘सबै सार्वजनिक वाहनमा कम्तीमा तीनवटा कन्डम हुनैपर्छ ।’

तर चालकहरूलाई कन्डम किन राख्नुपर्ने हो भन्ने थाहा छैन । कमलजीत गिल भन्छन्, ‘यसको उपयोग हाडमा चोट लाग्दा वा छाला काटिँदाखेरी गरिन्छ । कसैको रगत बगिरहेको छ भने कन्डमले त्यसलाई रोक्न सक्छ । अनि कसैलाई फ्य्राक्चर भयो भने अस्पताल पुर्‍याउँदासम्म कन्डम बाँध्न सकिन्छ ।’

ट्याक्सी चालक रमेशले कन्डम राख्नु आवश्यक भएको आफूले सुनेको बताए । ट्राफिक प्रहरीले कन्डम किन राखेको भनी कहिले पनि आफूलाई नसोधेको उनको भनाइ छ । तर फिटनेस टेस्टका बेलामा गाडीमा कन्डम राखेको छ कि छैन भनी सोध्ने गरिएको उनी बताउँछन् ।

ट्राफिक प्रहरीका एकअधिकारीले चाहिँ कन्डम राख्ने कुनै नियम नभएको बताए । एनजीओकर्मीहरूले चालकहरूलाई सुरक्षित यौन सम्पर्कका बारेमा बताउने क्रममा कन्डम राख्न लगाएको हुनसक्ने उनको भनाइ छ । कुनै ट्राफिक

प्रहरीले कन्डम नराखेकै भरमा पुर्जी काटेमा त्यसको उजुरी चालकले गर्नुपर्ने उनले बताए