१ पुष २०८२, मंगलवार
,
Latest
नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने रेडपाण्डा म्याराथनः पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट जेनजी सुशासन योद्धा: भट्ट परिवारको सहारा, कान्छो ढल्यो… भृकुटीमण्डपमा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन (तस्बिरहरु) वैदेशिक रोजगारमा हुने ठगी रोक्न श्रम मन्त्रालयले ‘हेल्प टु हेल्प १० सेल’ सञ्चालनमा ल्याउने सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा बिलबिजक नभएको सामानसहित पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीमा ट्याक्सी चालकले कन्डम राख्न थालेपछि…



अ+ अ-

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा ट्याक्सी चालकहरूले कन्डम राख्न थालेका छन् ।

फर्स्ट एड बक्समा उनीहरूले डिटोल, प्यारासिटामोल ट्याबलेट, ब्यान्डेज र कन्डम राख्न थालेका हुन् । नराखेमा ट्राफिक प्रहरीले पुर्जी काट्न सक्ने उनीहरू ठान्छन् । दिल्लीको सर्वोदय ड्राइभर एसोसिएसनका अध्यक्ष कमलजीत गिलले भने, ‘सबै सार्वजनिक वाहनमा कम्तीमा तीनवटा कन्डम हुनैपर्छ ।’

तर चालकहरूलाई कन्डम किन राख्नुपर्ने हो भन्ने थाहा छैन । कमलजीत गिल भन्छन्, ‘यसको उपयोग हाडमा चोट लाग्दा वा छाला काटिँदाखेरी गरिन्छ । कसैको रगत बगिरहेको छ भने कन्डमले त्यसलाई रोक्न सक्छ । अनि कसैलाई फ्य्राक्चर भयो भने अस्पताल पुर्‍याउँदासम्म कन्डम बाँध्न सकिन्छ ।’

ट्याक्सी चालक रमेशले कन्डम राख्नु आवश्यक भएको आफूले सुनेको बताए । ट्राफिक प्रहरीले कन्डम किन राखेको भनी कहिले पनि आफूलाई नसोधेको उनको भनाइ छ । तर फिटनेस टेस्टका बेलामा गाडीमा कन्डम राखेको छ कि छैन भनी सोध्ने गरिएको उनी बताउँछन् ।

ट्राफिक प्रहरीका एकअधिकारीले चाहिँ कन्डम राख्ने कुनै नियम नभएको बताए । एनजीओकर्मीहरूले चालकहरूलाई सुरक्षित यौन सम्पर्कका बारेमा बताउने क्रममा कन्डम राख्न लगाएको हुनसक्ने उनको भनाइ छ । कुनै ट्राफिक

प्रहरीले कन्डम नराखेकै भरमा पुर्जी काटेमा त्यसको उजुरी चालकले गर्नुपर्ने उनले बताए