९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपालाई पूर्वप्रधानमन्त्री भट्टराईले भनेः सत्य र न्यायको पक्षमा दृढ रहनु



अ+ अ-

काठमाडाैँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्य र न्यायको पक्षमा दृढतापूर्वक उभिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सुझाव दिनुभएको छ ।

चितवनको भरतपुरमा आयोजित सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।

पूर्वप्रधानमन्त्री भट्टराईले रास्वपाले प्राप्त गरेको सफलतालाई नेपाली इतिहासको एउटा नयाँ क्रान्तिको कडीको रुपमा आफूले लिएको उल्लेख गर्दै मुलुकमा सुशासन र समृद्धिका लागि अघि बढन पनि आग्रह गर्नु भयो । उहाँले रास्वपाका सफलतालाई आफनो पुस्ताका नेताहरुले भ्रमपूर्ण विचार राख्ने गरे पनि आफूले भन्ने यसलाई नयाँ खालको क्रान्तिको रुपमा लिएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘रास्वपाले यो ४ वर्ष भित्र जुन उपलब्धि हासिल गर्‍यो, आन्दोलन गरेर, संघर्ष गरेर भन्दा पनि जनताको मन जितेर आधुनिक प्रविधिमार्फत आफनो विचार सम्प्रेषण गरेर जसरी यो ऐतिहासिक सफलता हासिल गर्नुभएको छ । यसलाई नेपाली इतिहासको एउटा नयाँ क्रान्तिको कडीको रुपमा लिनुपर्दछ भन्ने मेरो मान्यता छ । मेरो पुस्ताका साथीहरुलाई ठूलो भ्रम छ–उहाँहरु यो दक्षिणले गरोयो, उत्तरले गरायो, पश्चिम गरायो भन्ने कथा बुनिराख्नु भएको छ । तर मेरो स्पष्ट धारणा के छ भने सत्य र न्यायको पक्षमा तपाईहरु उभिनुपर्दछ । म आफैले नयाँ राजनीतिक शक्ति भन्दै बैकल्पिक राजनीतिक शक्तिको पैरवी गरेँ । म अहिले रास्वपालाई त्यही अभियानकै सबैभन्दा महत्वपूर्ण उपलब्धिको रुपमा ग्रहण गरेको छु । सुशासन र समृद्धिको फल सबै नेपालीहरुलाई प्राप्त होस् ।’

पूर्वप्रधानमन्त्री भट्टराईले आफूले नयाँ राजनीतिक शक्ति भनेर वैकल्पिक राजनीतिक शक्तिको पैरवी गर्दै आएको र रास्वपालाई त्यसैको महत्वपूर्ण उपलब्धिको रुपमा ग्रहण गरेको पनि बताउनु भयो ।