४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

रास्वपा संविधान, कानूनको शासन र नागरिक स्वतन्त्रताद्वारा मर्यादित उदार लोकतन्त्रको पक्षमा छः उपसभापति वाग्ले

रास्वपा संविधान, कानूनको शासन र नागरिक स्वतन्त्रताद्वारा मर्यादित उदार लोकतन्त्रको पक्षमा छः उपसभापति वाग्ले
अ+ अ-

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले रास्वपा आन्दोलनको राजनीतिक शक्तिबाट संस्थागत दलमा रूपान्तरणको चरणमा प्रवेश गरेको बताउनुभएको छ ।

चितवनको भरतपुरमा जारी रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले अब पार्टीले विरोध र प्रश्नमा मात्र सिमित नभई शासन सञ्चालन गर्ने क्षमता तथा परिणाम दिने सामथ्र्य प्रमाणित गर्नुपर्ने बताउनुभएको हो । उहाँले नयाँ पुस्ताले केवल प्रश्न सोध्ने र विरोध गर्ने मात्र नभई देश चलाउने वैकल्पिक राजनीतिक शक्ति बन्न सक्ने प्रमाणित गर्नुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले महाधिवेशनले रास्वपाको दीर्घकालीन राजनीतिक दृष्टि र नेपालको भविष्यबारे स्पष्ट मार्गचित्र प्रश्तुत पनि बताउनु भयो । उहाँले रास्वपाले संविधान, कानुनको शासन र नागरिक स्वतन्त्रताद्वारा मर्यादित उदार लोकतन्त्रको पक्षमा रहेको स्पष्ट गर्दै बहुमतको शासनसँगै अल्पमतको सम्मान सुनिश्चित हुनुपर्ने धारणा राख्नुभयो ।

जात, थर, भूगोल, भाषा वा आर्थिक अवस्थाका आधारमा नभई प्रतिभाका आधारमा अवसर प्राप्त हुने समन्यायिक समाज निर्माण र नागरिकमाथि शासन गर्ने नभई सेवा प्रदान गर्ने सक्षम राज्य निर्माण रास्वपाको लक्ष्य रहेको उपसभापति वाग्लेको भनाइ छ ।