४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

कैलालीमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम किसानलाई प्रविधिसँगै जोड्दै

कैलालीमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम किसानलाई प्रविधिसँगै जोड्दै
अ+ अ-

काठमाडाैँ । कैलालीमा सञ्चालित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले किसानलाई नयाँ प्रविधिसँगै जोडेको छ । जिल्लामा सञ्चालित ‘गहुँ सुपरजोन’, ‘तेलहन जोन’, ‘धान जोन’ र ‘माछा जोन’ कार्यक्रममा विभिन्न आधुनिक यन्त्र उपकरणमार्फत किसानलाई नयाँ प्रविधिसँगै जोड्दै लगेको हो ।

परम्परागत खेतीलाई व्यावसायिक र यन्त्रमैत्री बनाउन चालु आवमा अनुदानमा विभिन्न किसिमका आधुनिक कृषि औजार कृषकहरुलाई वितरण गरिएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख सन्जु उपाध्याय रिमालले जानकारी दिनुभयो । जानकी गाउँपालिका–४ मुनुवास्थित विज वृद्धि कृषि सहकारी संस्था लिमिटेडलाई ७५ प्रतिशत अनुदानमा चार पाङ्ग्रे धान रोप्ने यन्त्र प्रदान गरिएको जानकारी दिनुभयो ।

उक्त यन्त्रबाट १२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सुरु भएको छ । धान रोप्ने यन्त्रले रोपाइँमा धेरै सहज हुन थालेको उक्त सहकारी संस्थाका अध्यक्ष विजयकुमार कठरियाले बताउनुभयो । उहाँले भन्नुभयो, “ धान रोप्ने कामदार पाउन समस्या छ । रोपाहारले धान रोप्दा महँगो पर्छ, समय पनि बढी लाग्छ । यन्त्रले काम छिटो हुन्छ, लागत पनि कम लाग्छ ।”

त्यसैगरी, भजनी नगरपालिका–६ नवलपुरस्थित शुभकामना सामुदायिक कृषक समूहलाई चक्लाबन्दीमा चैतेधान कार्यक्रममा कृषि यान्त्रीकरणअन्तर्गत ५० प्रतिशत अनुदानमा तीन वटा पावर टिलर, आठ ओटा सिँचाइ मोटर, तीन वटा डिजल इन्जिन, एउटा रोटाभेटर, विषादी, डेलिभरी पाइपलगायतका सामान वितरण गरिएको कार्यालय प्रमुख रिमालले जानकारी दिनुभयो । मासु निर्यातका लागि राँगा÷भैँसी प्रवद्र्धन कार्यक्रम, युवा लक्षित पशुपन्छी तथा उद्यमशीलता विकास कार्यक्रमअन्तर्गत विभिन्न क्रियाकलाप गरिएको पनि बताउनुभयो ।

एकाइको अनुदान सहयोगमा जिल्लामा भएका विभिन्न कार्यक्रमहरुको शनिबार जिल्ला समन्वय समिति कैलालीका प्रमुख टीकाकुमारी चौधरीको नेतृत्वमा सरोकार भएका अन्तरनिकाय संयुक्त अनुमन टोलीले अनुगमन गरेको थियो ।

अनुगमनपछि प्रतिक्रिया दिँदै समन्वय समिति प्रमुख चौधरीले राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाले समयानुकुल यन्त्र औजार वितरण गरेर किसानलाई सहज बनाएको बताउनुभयो । जिल्लामा गहुँ सुपरजोन आर्थिक वर्ष २०७३÷७४, तेलहन जोन आव २०७४÷७५, धान जोन आव २०७८÷७९ र माछा जोन आव २०८१÷८२ मा सुरु भएको थियो । एकाइले किसानलाई ५० प्रतिशत अनुदानमा बीउ, विषादी, यन्त्र उपकरणलगायत सामग्री वितरण गर्दै आएको छ ।