४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

नेपालले ६ मुलुकसँगको बिप्पा रद्द गर्दै बिआइए गर्ने

नेपालले ६ मुलुकसँगको बिप्पा रद्द गर्दै बिआइए गर्ने
अ+ अ-

काठमाडौं । नेपालले विदेशी मुलुकसँग लगानीका लागि विगतमा द्विपक्षीय लगानी पर्वद्धन तथा संरक्षण सम्झौता (बिप्पा) गर्दै आएकोमा अब ढाँचा बदलेर द्विपक्षीय लगानी सम्झौता (बिआइए) गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको यससम्बन्धी मस्यौदामा सरोकारवाला मन्त्रालयको सुझाब समेटेर कानुन मन्त्रालयमा पठाइएको छ ।

मन्त्रिपरिषद्ले मस्यौदा पारित गरेपछि नेपालले यसअघि विभिन्न मुलुकसँग गरेका बिप्पा स्वतः रद्द हुनेछन् । ‘हामीले बिप्पाको स्थानमा अब बिआइए गर्ने तयारी गरेका छौँ । यसका लागि हामीले राष्ट्रिय ढाँचा समेटिएको मस्यौदा तयार पारिसकेका छौँ,’ उद्योगसचिव यमकला खतिवडाले भनिन्, ‘मन्त्रिपरिषद्बाट मस्यौदा पारित भएपछि यो लागू हुन्छ ।’ पछिल्लोपटक नेपाल र भारतबीच ४ कात्तिक ०६८ मा बिप्पामा हस्ताक्षर भएको थियो ।

तत्कालीन प्रधानमन्त्री डा। बाबुराम भट्टराईको भारत भ्रमण (३–६ कात्तिक, ०६८) का वेला बिप्पामा नेपालका तर्फबाट उद्योगमन्त्री अनिलकुमार झा र भारतका तर्फबाट उद्योगमन्त्री प्रणव मुखर्जीले हस्ताक्षर गरेका थिए । त्यसविरुद्ध परेको रिट संवैधानिक अदालतले गत ११ भदौमा खारेज गरिसकेको छ । सरकारले अदालतलाई दिएको जबाफमा भारतले पनि बिप्पाको ठाउँमा अर्को सन्धि गर्न प्रस्ताव गरेको र नेपालले पनि बिआइएको राष्ट्रिय ढाँचा तयार भएको उल्लेख गरेको थियो ।

बिप्पा भएपछि कूटनीतिक सूचना आदान–प्रदान नगरेसम्म कार्यान्वयन भएको मानिँदैन । भारतसँग १० वर्षका लागि गरिएको सम्झौताविरुद्ध सर्वोच्चमा रिट परेपछि कार्यान्वयन भएन भने द्विपक्षीय सूचना आदानप्रदान पनि भएको थिएन । नेपालले ०३८ सालमा वैदेशिक लगानी खुला गर्ने कानुनी व्यवस्था गरेपछि पहिलोपटक ०४० सालमा फ्रान्ससँग बिप्पा गरेको थियो । हालसम्म परराष्ट्रले जर्मनी र फ्रान्स, अर्थले मोरिसस र फिनल्यान्ड तथा उद्योगले बेलायत र भारतसँग बिप्पा गरेका छन् ।

भारतको प्रस्ताव: लगानी सन्धि गरौँ
भारतले बिप्पाको सट्टा द्विपक्षीय लगानी सन्धि ९बिआइटी०का लागि नेपालसँग लिखित प्रस्ताव गरेको छ । उद्योगसचिव खतिवडाका अनुसार भारतले अन्तरसरकारी समन्वय समितिको तीन वर्षअघिको बैठकमा बिप्पाको सट्टामा बिआइटीको प्रस्ताव गरेको थियो । ‘भारतले हामीसँग मात्र होइन, सबै देशसँग लगानीसम्बन्धी सन्धि गर्ने निर्णय गरेको रहेछ, हामीले लिखित प्रस्ताव मागेका थियौँ,’ खतिवडाले भनिन्, ‘हामीले पनि द्विपक्षीय लगानी सम्झौता (बिआइए)को मस्यौदा अन्तिम चरणमा पुर्याएका छौँ ।

मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि भारतसहितका देशसँग बिआइएको ढाँचामा छलफल गर्छौँ ।’ भारतसँग बिप्पा भएपछि चीन, पाकिस्तान, संयुक्त अरब इमिरेट्स (युएई), कतार र टर्कीले पनि बिप्पाका लागि लिखित प्रस्ताव पठाएका थिए । ती देशसँग छलफल भएको थिएन । अब बिआइएसम्बन्धी नयाँ मापदण्ड बनेपछि ती देशसँग छलफल गर्ने सरकारी तयारी छ । चीनले बिप्पाको लिखित प्रस्ताव पठाएपछि उद्योग मन्त्रालयले परराष्ट्रमार्फत मस्यौदा प्रस्ताव संशोधन गरेर चीनलाई पठाएको थियो ।

चीनले उपदफासहित १७ दफा समेटिएको १४ पृष्ठ लामो बिप्पा प्रस्ताव पठाएको थियो । सो प्रस्ताव पनि संशोधन गरेर चीनलाई पठाइयो । तर, त्यसपछि भने चीनले नै चासो दिएन । चीनले सुरुमा तत्कालीन प्रधानमन्त्री वेन जियाबाओको भ्रमणमा बिप्पाको प्रस्ताव गरेको थियो । तर, समय अभावका कारण वेनको भ्रमणका क्रममा यो प्रस्तावबारे छलफल हुन सकेको थिएन ।

चीनले पछिल्लोपटक बिप्पा नभएर स्वतन्त्र व्यापार सम्झौता (एफटिए) गर्न प्रस्ताव गरेको थियो । चीनबाट नेपाल आउने सबै सामानमा शून्य भन्सारदर कायम गर्नुपर्ने उसको प्रस्ताव थियो । तर, नेपालको राजस्व आयातमुखी भएको भन्दै शून्य भन्सारदर कायम गर्न नसकिने जवाफ पठाएको थियो । यसमा पनि थप छलफल भएको छैन ।

हालसम्म एक सय ७७ मुलुकले विभिन्न मुलुकसँग बिप्पा गरेका छन् । सन् १९५९ मा विश्वमा पहिलोपटक पाकिस्तान र जर्मनीबीच बिप्पा भएको थियो । तर, कार्यान्वयनमा आउन तीन वर्ष लागेको थियो । जर्मनी र डोमिनिकन रिपक्लिकबीच ३ जुलाई १९६० मा बिप्पा कार्यान्वयनमा आएको थियो । यो नै बिप्पाको पहिलो कार्यान्वयन हो । नयाँ पत्रिका दैनिकबाट