२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः… बर्दियामा ५५ जनाको डिएनए संकलन साहित्यकार डा लालको निधन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाको बैठक बस्दै , एमालेको बिरोध कायमै रहने



अ+ अ-

काठमाडौँ  । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे सुरु हुने बैठकमा चार वटा अध्यादेश पेस गरिने सम्भावित कार्यसूची रहेको छ । ती अध्यादेश अस्वीकृत गरियोस् भन्ने प्रस्ताव पनि पेस गरिने  कार्यसूचीमा रहेको छ ।

बैठकमा बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय), तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ तथा सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले ‘रेल्वे अध्यादेश, २०७८ स्वीकृतिका लागि पेस गर्ने कार्यसूची रहेको छ। तर संसद बैठक नियमित रुपमा सुचारु भने हुन सकेको छैन ।

सभामुख अग्निप्रसाद सापकोटा नेकपा एमाले प्रति पूर्वाग्रही भएको आरोप लगाउदै संसदबैठकमा बिरोध गर्दे आईरहेको छ । एमाले प्रमुख सचेतक बिशाल भट्टराईले आजका बैठकमा पनि बिरोध निरन्तर रहने बताउनु भयो ।  उहाँले भन्नुभयो "एमालले  कारबाही गरेका १४ सांसदलाई निष्कासन गरेको सूचना टाँस्नुपर्ने वा सभामुखले मार्ग प्रसस्त गर्नुपर्छ ।  संसद एमालेले होईन सभामुखले नै संञ्चालन गर्न चाहानु भएको छैन । "