११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय ट्रक यातायात व्यवसायी महासंघद्वारा बाढीमा सम्पर्कविहीन ट्रक र चालकको विवरण माग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग विपद् व्यवस्थापनमा साझा संयन्त्र र प्रभावकारी पूर्वसूचना प्रणालीमा जोड चीन कठिन समयमा नेपालसँगै छ : राजदूत चाङ माओमिङ विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाको महाधिवेशन: व्यवस्थापनमा र्‍याट र बाउन्सर, सुरक्षामा नेपाल प्रहरी



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय महाधिवेशन आज चितवनमा भव्य रूपमा उद्घाटन हुँदैछ।

भरतपुरस्थित उद्योग संघ चितवनको प्राङ्गणमा आयोजना हुने महाधिवेशनको उद्घाटन सत्रअघि नेता तथा कार्यकर्ताको व्यवस्थापनलाई व्यवस्थित बनाउन पार्टी निकट स्वयंसेवक संगठन ‘र्‍याट’ तथा बाउन्सर परिचालन गरिएको छ।

महाधिवेशन स्थलमा सहभागीहरूको आवतजावत, प्रवेश व्यवस्थापन तथा कार्यक्रम सञ्चालनलाई सहज बनाउन उनीहरू खटिएका हुन्। यस्तै, कार्यक्रमको सुरक्षा व्यवस्थापनका लागि नेपाल प्रहरीको टोली पनि परिचालन गरिएको छ।

देशभरबाट आएका नेता, कार्यकर्ता, शुभेच्छुक तथा प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको महाधिवेशनबाट पार्टीको आगामी राजनीतिक दिशा, संगठनात्मक संरचना तथा नेतृत्व चयनसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू हुने बताइएको छ।




भर्खरै