१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाको बैठक बस्दै , एमालेको बिरोध कायमै रहने



अ+ अ-

काठमाडौँ  । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे सुरु हुने बैठकमा चार वटा अध्यादेश पेस गरिने सम्भावित कार्यसूची रहेको छ । ती अध्यादेश अस्वीकृत गरियोस् भन्ने प्रस्ताव पनि पेस गरिने  कार्यसूचीमा रहेको छ ।

बैठकमा बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय), तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ तथा सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले ‘रेल्वे अध्यादेश, २०७८ स्वीकृतिका लागि पेस गर्ने कार्यसूची रहेको छ। तर संसद बैठक नियमित रुपमा सुचारु भने हुन सकेको छैन ।

सभामुख अग्निप्रसाद सापकोटा नेकपा एमाले प्रति पूर्वाग्रही भएको आरोप लगाउदै संसदबैठकमा बिरोध गर्दे आईरहेको छ । एमाले प्रमुख सचेतक बिशाल भट्टराईले आजका बैठकमा पनि बिरोध निरन्तर रहने बताउनु भयो ।  उहाँले भन्नुभयो "एमालले  कारबाही गरेका १४ सांसदलाई निष्कासन गरेको सूचना टाँस्नुपर्ने वा सभामुखले मार्ग प्रसस्त गर्नुपर्छ ।  संसद एमालेले होईन सभामुखले नै संञ्चालन गर्न चाहानु भएको छैन । "