९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो

शासन व्यवस्थालाई बलियो बनाउने समाचार सम्प्रेशण गर्नुपर्छ: मुख्यमन्त्री पाण्डे

शासन व्यवस्थालाई बलियो बनाउने समाचार सम्प्रेशण गर्नुपर्छ: मुख्यमन्त्री पाण्डे
अ अ+ अ-

कास्की। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अहिलेको शासन व्यवस्थालाई थप बलियो बनाउने गरी सञ्चारकर्मीले समाचार लेख्नुपर्ने बताउनुभएको छ ।

संसदीय पत्रकार मञ्च गण्डकीको आयोजनामा आजदेखि पोखरामा सुरु भएको ‘संसदीय र अदालती रिपोर्टिङ’ तालिम उद्घाटन गर्दै उहाँले सरकार सञ्चालनका कमिकमजोरी उजागार गर्नुपर्ने तर सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थाप्रति नागरिकमा वितृष्णा आउने समाचार सम्प्रेशण गर्न नहुने उल्लेख गर्नुभयो ।

“यदि अहिलेको शासन व्यवस्था रहने भने देशमा निरङ्कुशता हावी हुन्छ । त्यस बेला पहिलो सिकार हुने भनेको सञ्चार जगत् हो, नागरिक अधिकार कुण्ठित हुन्छन् ।

पत्रकारिता जगतले सकारात्मक सोच र आत्मविश्वास जगाउने गरी समाचार सम्प्रेषण गर्नु आवश्यक छ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो । उहाँले सङ्घीयतापछि जनताले नजिकबाट सरकारसँग आफ्ना माग राख्ने र अन्तरक्रिया गर्ने अवसर प्राप्त गरेको बताउनुभयो ।

“प्रदेश सरकार बनेपछि जनताले नजिकबाट सरकारलाई चिन्न पाएका छन् । मुख्यमन्त्री र मन्त्रीहरूलाई भेटेर आफ्ना गाउँ ठाउँका आवश्यकताहरू र प्रत्यक्ष आफ्ना मागलाई सरकार प्रमुखसँग राख्ने अवसर प्राप्त भएको छ । नजिकबाट सरकारलाई सुनाउने अवस्था छ”, उहाँले भन्नुभयो ।

तालिम उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य सुशीला सिँखडा, गण्डकी प्रदेशसभाका सचिव गोविन्द पौडेल, नेपाल पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष रमेश पौडेल लगायतले कानुन निर्माण प्रक्रियाको बारेमा ज्ञान बढाउन तथा संसदीय प्रक्रिया बुझेर सही रिपोर्टिङका लागि तालिमले सहयोग पुग्ने विश्वास गर्नुभयो ।

तालिमको पहिलो दिन संसदीय पत्रकार मामिला समाजका अध्यक्ष मनोज सत्याल र पोखरा रिसर्च सेन्टरका प्रमुख सुजन रेग्मीले सहजीकरण गर्नुभयो ।

तालिममा पोखरामा क्रियाशील ६० भन्दा बढी सञ्चारकर्मीको सहभागिता रहेको मञ्चका अध्यक्ष विशन क्षत्रीले जानकारी दिनुभयो । रासस