१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवाह गर्न नपाएको भन्दै प्रहरीले दिए पदबाटै राजीनामा



अ+ अ-

काठमाडौं । हामीले सुन्दै र देख्दै आएको छौँ कि, प्रहरीहरू हमेशा सर्व साधारणको सुरक्षाका लागि खटिरहेका हुन्छन् । जसकारण प्राय जसो मानिसहरूले प्रहरीलाई मन पराउने गर्छन् ।

तर प्रहरी बनेका व्यक्तिहरूले भने आफूले पाउनु पर्ने अधिकार नपाएका कारण वा आफूभन्दा माथिकाले हेर्पेकै कारण पनि आफ्नो प्रहरीको जागिर राजीनामा दिने गर्छन् । तर भारतमा एक प्रहरीले दिएको राजीनामाको कारण भने निकै रोचक छ । हैदरावाद प्रहरीमा कार्यरत २९ वर्षीय सिद्धान्ती प्रताप नामका प्रहरी जवानले बिहे गर्न समेत छुट्टी नपाएको भन्दै आफ्नो पदबाट राजीनामा दिएका छन् ।

उनी बिहेको तयारीमा थिए । तर, बेहुलीका बाबुआमाले बेहुलाको ड्युटी चौबिस घण्टा भएको भन्दै परिवारलाई समय दिन नसक्ने केटालाई छोरी नदिने बताउँदै विवाह तोडे । विवाह गर्न तयारीमा रहँदा पनि आफ्नो जागिरको कारण केटी नपाएको भन्दै उनले आफ्नो पदबाट राजीनामा दिए ।

हैदरावाद पुलिसका आयुक्तलाई पत्र लेख्दै उनले चौबीसै घण्टा ड्युटीमा खटिनु पर्ने र साप्ताहिक बिदा समेत नपाएको भन्दै राजीनामा दिएको बताएका छन् ।