४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

कार्यकारी अधिकार दाहाललाई दिन प्रधानमन्त्री ओलीको आनाकानी, दुई अध्यक्षबीच नै खट्पट

कार्यकारी अधिकार दाहाललाई दिन प्रधानमन्त्री ओलीको आनाकानी, दुई अध्यक्षबीच नै खट्पट
अ+ अ-

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालकै बीचमा खटपट सुरु भएको छ। पार्टी एकताका क्रममा भएको पाँचबुँदे सहमतिभन्दा नयाँ समझदारी गर्नुपर्ने प्रस्ताव र कार्यकारी अधिकार दाहाललाई दिन ओलीले अनिच्छा देखाएपछि दुई अध्यक्षबीच विवाद देखा परेको हो।

‘असमझदारी केही बढ्न थालेको छ, प्रधानमन्त्रीमा विगतका सहमति/समझदारीमा अडिने सवालमा केही समस्या देखा पर्न थालेको छ,’ दाहालनिकट स्थायी समिति सदस्य हरिबोल गजुरेलले सोमबार भने, ‘पार्टीमा देखा पर्न थालेको असमझदारीका विषयमा उहाँहरू (ओली–दाहाल) केही दिनयता छलफलमै हुनुहुन्छ।’

ओली र दाहाल सोमबार बिहान र साँझ गरी दुईपटक बालुवाटारमा भेटवार्ता भएको थियो। आइतबार पनि यी दुई नेताले छलफल गरेका थिए। दुई नेताबीच कार्यकारी अधिकार, सभामुख चयन, चिनियाँ प्रस्ताव ‘बीआरआई’ (बेल्ट एन्ड रोड इनिसिएटिभ) र अमेरिकी रणनीति ‘इन्डो प्यासिफिक’ लाई बुझ्नेलगायतका विषयमा एकरुपता छैन। विवाद बढ्दै जाँदा अहिले एकले अर्को नेताले दिएका अभिव्यक्तिका विषयमा खण्डन गर्ने र तिखो आलोचनामा उत्रने समेत गर्न थालेका छन्।

ओलीका अभिव्यक्तिमा दाहालले र दाहालका अभिव्यक्तिमा ओलीले टिप्पणी गर्न थालेका छन्।ओलीनिकट एक नेताले दुई अध्यक्षबीचको छलफललाई मतभेदका रुपमा भन्दा पनि समझदारी निर्माणका लागि भएको प्रयासका रुपमा बुझ्न आग्रह गरे। ती नेताले भने, ‘उहाँहरू छलफलमा हुनुहुन्छ, छलफलबाटै एउटा निर्णयमा पुग्नुहुन्छ।’ ओलीले दाहालले प्रतिपक्षी दल कांग्रेसको चियापान कार्यक्रमदेखिका सार्वजनिक सम्बोधनमा व्यक्त असन्तुष्टि आफ्ना इच्छा पूरा नहुँदा गरेको निराशाको अभिव्यक्तिका रुपमा अथ्र्याएका थिए।

ओलीले भनेका थिए, ‘कुनै व्यक्तिको कुनै इच्छा पूरा नहुन सक्छ, नभएको हुनसक्छ। कुनै असन्तुष्टि हुन सक्छ। त्यसो गर्दा प्रणालीमै, आन्दोलनमै क्यान्सर हुन लागेको, अल्सर छिप्पियो भन्ने हुँदैन। नकारात्मकताको मौसम चलेको छ भन्दैमा त्यतै लागेर निराशाको कुरा गर्नु हुँदैन।’ दाहालले कांग्रेसको चियापानमा पुगेर दुई तिहाइ ठूलो कुरा नभएको र कांग्रेससँग पनि सहकार्य गरेर अगाडि जान सक्नेदेखि पार्टीभित्र ग्यास्ट्रिक र अल्सरजस्ता रोग लाग्न थालेको सार्वजनिक अभिव्यक्ति दिएका थिए।

यस्ता अभिव्यक्तिले दुई अध्यक्ष एक–अर्कासँग सशंकित बन्न थालेका छन्। दुई अध्यक्षबीच तिक्तता बढ्न थालेपछि ओलीले शनिबार दाहाललाई छलफलका लागि बालुवाटार बोलाएका थिए। तर दाहाल ओलीले बोलाएको समयमा बालुवाटार नगई सपरिवार सिन्धुपाल्चोकको झुले पुगेका थिए। त्यसपछि आइतबार बिहान ओली र दाहालबीच टेलिफोन सम्वाद भएको थियो। सम्वादका क्रममा दाहालले पार्टी स्थायी समिति बैठक र केन्द्रीय समिति बैठक बोलाउन माग गरेको दाहालनिकट नेता बताउँछन्।

‘कात्तिक १७/१८ गते पार्टी स्थायी समिति बैठक बोलाउन अध्यक्ष (दाहाल) ले प्रधानमन्त्रीलाई प्रस्ताव गर्नुभयो,’ दाहालनिकट एक नेताले भने, ‘प्रधानमन्त्रीले क्यालेन्डर हेरेर छलफलबाट टुंगो लगाउन आफू तयार रहेको जवाफ दिनुभएको थियो।’ त्यसैका लागि अहिले दुई अध्यक्ष निरन्तर छलफलमा रहेका ती नेताले बताए। ओलीले क्यालेन्डर हेरेर पार्टी स्थायी समिति बैठक बोलाउन र चुनाव अगाडिसम्म सकभर मिले छोटो केन्द्रीय समिति बैठक बोलाउन सकिने पनि बताएका थिए।

दाहाललाई संसद्मा अनुमोदनका क्रममा रहेको मिलेनियम च्यालेन्ज कम्प्याक्ट ९एमसीसी० प्रस्ताव कुनै न कुनै रुपमा अहिले अमेरिकी रणनीतिअन्र्तगतको ‘इन्डो प्यासिफिक’ सँग नै जोडिएको भान परिरहेको छ। त्यसका लागि उनी यसका केही सर्तहरूका विषयमा प्रश्न उठेको र त्यसलाई पार्टीमा छलफल गरेर प्रष्ट पारेपछि मात्र संसद्मा अनुमोदनको क्रममा लैजानुपर्ने पक्षमा देखिएका छन्। तर ओली यो विषय इन्डो प्यासिफिकसँग नजोडिने भन्दै यसलाई संसद्को बजेट अधिवेशनमा पारित गर्नुपर्नेमा त्यसबेला सभामुख रहेका कृष्णवहादुर महराकै अनिच्छाका कारण रोकिएको आरोप लगाइरहेका छन्।

यसले पनि ओली/दाहालमा थप अविश्वास उत्पन्न गराएको छ। प्रधानमन्त्री ओलीको भदौ ५ को सिंगापुर भ्रमणअघि नेता वामदेव गौतमलाई उपाध्यक्ष, झलनाथ खनालको वरिष्ठतासँगै दाहाललाई पार्टी कामको जिम्मा दिने समझदारी नेताहरूबीच भएको दाहाल पक्षका नेताहरू बताउँछन्। सोही समझदारीअनुसार सचिवालयले खनाल र गौतमका विषयमा निर्णय लिए पनि दाहाललाई ओली नहुँदा एउटा बैठकका लागि मात्र पार्टीको अध्यक्षता गर्न दिएको र त्यसपछि फेरि प्रधानमन्त्रीले अधिकार दिन अनिच्छा देखाएकोमा दाहाल ओलीसँग झस्किएका छन्।

‘प्रधानमन्त्रीले पार्टी एकताअघि बोलेका कुराहरू चलाखीपूर्ण हुँदा रहेछन, बोल्ने तर कार्यान्वयनमा नलैजाने, यो विषयमा अहिले अध्यक्ष (दाहाल) प्रष्ट हुनुभएको छ,’ सोमबार नै खुमलटार पुगेर दाहाललाई भेटेका उनीनिकट अर्का एक केन्द्रीय सदस्यले भने, ‘प्रधानमन्त्री आफ्नै हातमा सबै अधिकार राख्न आफूअनुकूलको कुरा गर्ने गर्नुहुँदो रहेछ, अब त्यसरी हुँदैन, जमेर कुरा गरेर अगाडि जाने सोच अध्यक्ष ९दाहाल० ले बनाउनु भएको देखिन्छ।’

ओली भने पार्टी एकताका क्रममा दुई अध्यक्षको व्यवस्था भएकाले दाहालको चाहनाअनुसारको अधिकार छाड्ने पक्षमा देखिँदैनन्। उनले पार्टी र सरकार दुवैको नेतृत्वमा आफ्नो पकड कायमै राख्न चाहेका छन्। त्यसका लागि उनले पार्टीमा आफूनिकट नेताहरूसँग गरेको परामर्शमा नेताहरूले पनि नछोड्न ओलीमाथि दबाब बढाएका छन्। दाहालले पनि आफूनिकट नेतादेखि वरिष्ठ नेता माधव नेपाल, वामदेव गौतमलगायत नेताहरूसँग भेटवार्ता गरिरहेका छन्।

सभामुख नछाडने ?दाहालले सभामुख पार्टी एकताका क्रममा भएको भागबन्डाका आधारमा पूर्ववत् आफ्नो समूहसँग रहेकाले महरा प्रकरणपछि पनि उक्त पद नछाड्ने आफूनिकट नेताहरूसँग बताएका छन्। ‘पार्टी एकताको प्रक्रिया टुंगिएको छैन, त्यो भागबन्डाका आधारमा भएकाले अहिले छाड्न सकिँदैन, यसमा हाम्रो कडा अडान हुन्छ,’ नेता हरिबोल गजुरेलले भने।

ओलीनिकट नेताहरू भने पार्टी एकता भइसकेकोले सभामुख चयनका क्रममा यो र ऊ पक्ष भनेर नहेरिने बताउँछन्। ‘कार्यकारी अधिकार, बीआरआई, सभामुख र उपचुनावको टिकट वितरणदेखि समसामयिक विषयमा अब प्रष्ट अडानका साथ प्रधानमन्त्रीसँग कुरा हुन्छ,’ दाहालनिकट नेता भन्छन्, ‘जमेर बहसमा अगाडि जाने, अल्पमत÷बहुमत नहेर्ने गरी प्रधानमन्त्रीसँग अब कुरा हुन्छ।’

सी भ्रमणका भेटघाटले पनि सशंकित चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा सरकारले तय गरेको कार्यसूचीका विषयमा पनि प्रधानमन्त्री ओली र दाहालबीच मतभेद थियो। ओली दाहाललाई राष्ट्रपति सीसँगको छुट्टै भेटघाटबाट कटाउन चाहन्थे। राष्ट्रपतिले दिने डिनर ब्याङ्केटमा मात्र दाहाललगायत पार्टी नेताहरूलाई सम्मिलित गराउन ओलीले चाहेका थिए।

प्रमुख प्रतिपक्षी दलका नेता भएकाले शेरबहादुर देउवासँग भेटघाटको कार्यक्रम राखे पनि दाहाललगायत पार्टीका अन्य सचिवालय सदस्यको भेटघाट कार्यक्रम राख्न चाहेका थिएनन् ओलीले। तर ‘सी आफैंले दाहाललगायत पार्टीका वरिष्ठ नेताहरूसँगको भेटघाट चाहेपछि कार्यक्रम तय भएको थियो,’ दाहालनिकट नेता गजुरेलले भने।

बालुवाटारमै ओली, दाहाल र देउवाबीच भेटवार्ताप्रमुख प्रतिपक्षी दलका नेता देउवासहित कांग्रेस नेताहरूसँग नेकपाका दुई अध्यक्षले बालुवाटारमा छलफल गरेका छन्। सत्यनिरुपण तथा मेलमिलाप आयोग गठनका विषयमा सत्तापक्ष र प्रतिपक्षका नेताहरूबीचमा बालुवाटारमा छलफल भएको हो। शान्ति प्रक्रियाका बाँकी दुई मुद्दा सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ताको खोजीको काम अझै टुंगिन सकेको छैन।

आयोग गठनका लागि सहमति जुटाउन बालुवाटारमा दुवै पक्षका नेताबीच सोमबार बिहान छलफल भएको थियो। ‘सत्यनिरुपण तथा मेलमिलाप आयोगदेखि बेपत्ता खोजबिन आयोग गठनलगायत समसामयिक राजनीतिका विषयमा छलफल भएको छ,’ नेकपा स्थायी समिति सदस्य सुवास नेम्वाङले भने, ‘छलफलले ठोस आकार लिएको छैन, फेरि छलफल गरेर टुंग्याउने समझदारी छ।’ अन्नपुर्णपोष्ट दैनिकबाट