९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’

डीभी भर्न पासपोर्ट अनिवार्य भएपछि विभागमा झन्डै ३ हजारको भिड

डीभी भर्न पासपोर्ट अनिवार्य भएपछि विभागमा झन्डै ३ हजारको भिड
अ अ+ अ-

काठमाडौं । राहदानी विभागमा पासपोर्ट बनाउनेको भीड अस्वाभाविक रूपमा बढेको छ। सोमबार आवेदनको संख्या झन्डै ३ हजार पुगेको छ। यसअघि दैनिक बढीमा ५ सय आवेदन पर्दै आएको थियो। दसैंलगत्तै दैनिक हजार हुँदै सोमबार अत्यधिक वृद्धि भएको हो। त्यसलाई सम्बोधन गर्न परराष्ट्र मन्त्रालयले १० कर्मचारी काजमा खटाएको छ। पासपोर्ट बनाउन आउने अधिकांशको धारणा छ, ‘अमेरिकी डीभीले गर्दा दुःख पाइयो। पासपोर्ट नम्बर नभए डीभीको फारम स्वीकार हुँदैन रहेछ।’

असोज १५ (अक्टोबर २)मा खुलेको डीभी २०२१ कार्यक्रम कात्तिक १९ ९नोभेम्बर ५०मा सकिन्छ। अमेरिकाले यसपटक डीभी भर्दा पासपोर्ट नम्बर अनिवार्य गरेको छ। विभागमा गत शुक्रबारदेखि भीड बढेको हो। त्यस दिन १ हजार ८ सय ५५ आवेदन परेकामा आइतबार २ हजार ६ सय ६२ पुग्यो। सोमबार साँझसम्म निवेदन बुझ्ने काम भइरहेको थियो। त्यो बेलासम्म २ हजार ७ सय आवेदन परेको विभागले जनाएको छ। यो भीड २०१० को डिसेम्बर २६ पछिको सर्वाधिक हो।

त्यति बेला हस्तलिखित राहदानी विस्थापन गरी मेसिन रिडेबल पासपोर्ट (एमआरपी) सुरु गरिएको थियो। त्यति बेला ३ हजार ४ सयसम्म आवेदन परेको थियो। ‘डीभी पर्ने/नपर्ने थाहा छैन, चिट्ठाकै लागि १० हजार तिर्न बाध्य भयौं’, गोरखाका शिव पन्तले भने, ‘कतै विदेश जानुपरे पासपोर्ट आवश्यक परिहाल्छ। अहिले नै बनाउनुको उद्देश्य डीभी नै हो।’ केही वर्षयता दैनिक ५ सयजति मात्र आवेदन पथ्र्योे।

विभागले सोही आधारमा कर्मचारी व्यवस्थापन गर्दै आएको थियो। ‘मलेसियामा रोजगारी खुलेको, दसैंको लामो बिदापछि कार्यालय खुलेको एवं अमेरिकी डीभी भर्न पासपोर्ट नम्बर अनिवार्य गरिका कारण भीड बढेको निष्कर्ष हाम्रो छ’, विभागका महानिर्देशक रामकाजी खड्काले भने। विभागले लाइभ इनरोलमेन्ट प्रणाली (व्यक्ति आफैं उपस्थित भएर विवरण दिने)बाट यति धेरै संख्यालाई सम्बोधन गरेको पहिलो पटक हो। दुई दिनदेखि राजस्व प्रणालीको सफ्टवेयर पनि बिग्रेका कारण कम्प्युटर बिलिङ हुन सकेको छैन।

मुलुकभर राजस्व हातले लेखेर लिनुपरेको छ। कर्मचारी साँझ अबेरसम्म बसेर पासपोर्ट तयार पारिरहेका छन्। राजस्व १५ हजार तिरे आवेदन दिएकै दिन, १२ हजार तिरे भोलिपल्ट र १० हजार भए पर्सिपल्ट पासपोर्ट उपलब्ध गराइन्छ। जिल्लामा ५ हजार रुपैयाँ लिएर २० दिनभित्र पासपोर्ट उपलब्ध गराइन्छ। विभागले जिल्ला र विदेशस्थित नियोगबाट आएका आवेदनअनुसार पासपोर्ट बनाएर पठाउने गरेको छ। विभागका लागि मन्त्रालयले एउटा गाडी पनि थप गरेको छ।

सरकारले ई–पासपोर्टमा जाने तयारी गरिरहेको छ। त्यसका लागि विभागले अन्तर्राष्ट्रिय टेन्डर प्रक्रिया पूरा गरेको छ। मेसिन रिडेबल पासपोर्ट (एमआरपी) भन्दा ई–पासपोर्टमा दोब्बर बढी खर्च लाग्ने भएकाले राजस्व थपघट हुन सक्छ। त्यसले गर्दा पनि कतिपयले पासपोर्ट बनाउन लागेको अधिकारीको बुझाइ छ। प्रतिपासपोर्ट लागत ५ सय ६० रुपैयाँ छ। यो लागतअन्तर्गत १० नियोग र विभागमा लाइभ इनरोलमेन्ट पनि छ। यसमा कर्मचारी र कुरिअरको लागत जोडिएको छैन।

लाइभ इनरोलमेन्टमा जानुको मुख्य कारण पनि ई–पासपोर्ट थियो। राहदानी र कन्सुलर विभागको त्रिपुरेश्वरस्थित नयाँ भवनबाट ई–पासपोर्ट जारी हुने गरी काम अघि बढाइएको छ। नक्कली नागरिकताका आधारमा अझै पासपोर्ट बनाउने गरेको पाइएको महानिर्देशक खड्काले बताए। त्यसलाई सम्बोधन गर्ने उपाय प्रविधि रहेको उनको भनाइ छ। ‘हामीले नयाँ भवनबाटै ई(पासपोर्ट जारी गर्छौं होला’, उनले भने, ‘विभागको भवन त्रिपुरेश्वरमा बनिरहेको छ। त्यहाँ नयाँ सेटअप ई–पासपोर्ट जारी गर्ने गरी हुने हाम्रो विश्वास छ।’

एमआरपी ७ लाख थान बाँकी छन्। अहिलेकै रफ्तारमा पासपोर्ट बन्दा पनि यो सकिन झन्डै दुई वर्ष लाग्छ। त्यसैले विभाग दुई वर्षको समय राखेर ई–पासपोर्टको तयारीमा लागेको हो। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओले दिएको विशेषता अँगाली अन्य मुलुकभन्दा पछि नपर्न सरकारले ई–पासपोर्टमा जाने निर्णय गरेको हो। एमआरपी हस्तलिखित विस्थापितझैं बाध्यकारी हुँदैन।

नौ वर्षमा ६३ लाख एमआरपीनेपालले २०१० डिसेम्बर २६ देखि चार वर्ष लगाएर हस्तलिखित राहदानी विस्थापन गरेको हो। त्यससँगै यो अवधिमा विभागले ६३ लाखभन्दा बढी एमआरपी वितरण गरेको छ। दुईपटकको टेन्डरअनुसार ७० लाख एमआरपी छापिएको छ। एमआपी सकिनुअघि नै ई(पासपोर्ट बन्ने महानिर्देशक खड्काको भनाइ छ।

पासपोर्टको मुख्य आधार नागरिकता÷नाबालक परिचयपत्र हो। त्यस्तो परिचयपत्र नक्कलीसमेत बन्न सक्ने हुँदा व्यक्तिगत विवरण राख्दा व्यक्ति उपस्थित हुनुपर्छ। विदेशस्थित नेपाली नियोगले कुरिअरबाटै पासपोर्ट बनाउन पठाउने गरेका कारण विभागले व्यक्ति उपस्थित गराएर मात्र आवेदन बुझ्न पटक–पटक परिपत्र गरेको छ। ई–पासपोर्टमा जाने भएपछि विभागले सबै प्रदेश, जिल्ला र नियोगमा लाइभ इनरोलभेन्ट (प्रत्यक्ष उपस्थित भएर दर्ता गराउनुपर्ने) अनिवार्य गराउनुपर्छ।

मलेसिया, कुवेत, साउदी अरबका रियाद र जेद्दा, कतार, युनाइटेट अरब इमिरेट्स (यूएई), हङकङ, अमेरिका (डीसी र न्युयोर्क) र बेलायतमा लाइभ इनरोलमेन्ट छ। ती दूतावासले अझै लाइभ इनरोलमेन्टभन्दा बाहिरबाट भरेको फारम कुरिअरबाट काठमाडौं पठाइरहे पनि अस्वीकार गर्ने विभागको तयारी छ। पासपोर्ट मुलुकको इज्जत भएकाले यसमा सुरक्षाका विशेषता थप्दै बलियो बनाइने उनले बताए। ई–पासपोर्ट जारीलगत्तै एमआरपीवाहकले तत्कालै बनाइहाल्नुपर्दैन। ‘नयाँले ई–पासपोर्ट लिनुपर्नेछ’, उनले भने, ‘पुरानाले एमआरपीको म्याद सकिएपछि बनाए हुन्छ।’ अन्नपुर्णपोष्ट दैनिकबाट